संसद्, टीआरसी र संवैधानिक आयोगमा सहमति बनाउन दाहालको प्रयास

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को गतिरोध अन्त्य र संवैधानिक आयोगको नियुक्तिमा भागबन्डा मिलाउने विषयमा शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । बिहीबार देउवासँग परामर्श गरेपछि प्रधानमन्त्री दाहालले आइतबार बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

सम्बन्धित सामग्री

द्वन्द्वपीडित परिवारको प्रतिवद्धता : टीआरसी विधेयकमा कुनै बाधा गर्दैनौँ

काठमाडौं– सशस्त्र द्वन्द्वको क्रममा मृत्यु भएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी संसद्‌मा विचाराधीन टीआरसी विधेयकमा आफूहरूले कुनै बाधा नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ। टीआरसी विधेयकमा द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारका मागहरू सम्बोधन गर्न आग्रह गर्दै उनीहरूले सरकारले सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र विद्रोहीबाट मारिएका दुवै पक्षलाई समान व्यवहार गरेका कारण आफूहरू विधेयकमा बाधक […]

टीआरसी विधेयकमा प्रमुख दल सहमतिनजिक

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरु संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) विषयमा सहमतिनजिक पुगेका छन् । संसदको आउँदो हिउँदे अधिवेशनमा सबै पक्षलाई ध्यान दिएर सहमतिकासाथ अगाडि बढाउनेमा उनीहरु सहमति नजिक पुगेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरुले टीआरसी विधेयकका विषयमा छलफल गर्दै संसदको आउँदो हिउँदे अधिवेशनमा विधेयकलाई अगाडी बढाउने सहमति […] The post टीआरसी विधेयकमा प्रमुख दल सहमतिनजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टीआरसी विधेयकमा सहमति नजिक दलहरू

१५ असोज, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति नजिक पुगेको नेताहरूले बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) संसदमा विचाराधीन छ । विधेयकमाथि दफावार छलफल गर्ने जिम्मा पाएको कानुन, न्याय तथा मानवअधिकार समितिले पूर्वकानुनमन्त्री ध्रुवबहादुर प्रधानको नेतृत्वमा उपसमिति बनाएको छ । ५ जेठमा १५ […]

शीर्ष नेताको निर्णयमा अड्कियो टीआरसी विधेयक

२४ भदौ, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउने थप सात दिन समय पाएको संसदीय उपसमितिको बैठक आइतबार बिहान बस्यो । तर बैठकले औपचारिकता पाउन सकेन । उपसमिति सदस्य एवं एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरका अनुसार सिंहदरबारमा बसेको बैठकले औपचारिकता पाउन नसक्नुको कारण हो– प्रस्तावित सहमतिको मस्यौदामा शीर्ष तहबाट प्रष्ट धारणा वा सहमति नआउनु […]

टीआरसी विधेयकको छलफल ‘सहमति उन्मुख’

२० भदौ, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख तीन दलबीच भइरहेको छलफल सहमति उन्मुख रहेको नेताहरुले बताएका छन् । तीन दलका दोस्रो तहका नेताहरुको छलफलका आधारमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमतिको मस्यौदा तयार पारेको छ । त्यसमाथि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी […]

टीआरसी विधेयकमा जुटेन सहमति, सकियो उपसमितिको म्याद

२१ साउन, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक (टीआरसी विधेयक) मा सहमति जुटाउन गठित संसदीय उपसमितिले जिम्मेवारी पूरा नगरी समय गुजारेको छ । पहिलो पटक पाएको तीन साताको समय सकेर थप भएको १५ दिनमा पनि उपसमिति ठोस निष्कर्षमा पुग्न नसकेको हो । उपसमितिले हालसम्म भएको छलफलका विषय […]

२ महिनादेखि टीआरसी विधेयक अलपत्र

काठमाडौं, असार १२ । संक्रमणकालीन न्याय प्रक्रियालाई चाँडो टुंग्याउन सरकारले ल्याएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) तेस्रो संशोधन विधेयक–२०७९ अलपत्र छ । प्रतिनिधि सभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिमा छलफलका लागि पुगेको उक्त विधेयक तोकिएको समयमा प्रतिवेदन नबुझाउँदा अलपत्र परेको हो । अन्तर्राष्ट्रिय स्तरमासमेत चासो रहेको यो विधेयक फास्ट ट्रयाकका […]

संसदीय समितिमा कांग्रेस–एमालेको प्रस्ताव– टीआरसी टुंगो लगाउन उपसमिति बनाऔँ

नेपाली कांग्रेस र नेकपा एमालेले टीआरसी विधेयकको टुंगो लगाउन उपसमिति गठनको प्रस्ताव प्रस्ताव गरेका छन् ।

टीआरसी विधेयकको संशोधनमाथि संसदमा छलफल गर्न माग

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद मैना कार्कीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी विधेयक) माथि आफूहरुले राखेको संशोधनमाथि संसदमा छलफल गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले ती संशोधमाथि संसदमा छलफल नभएकामा असन्तुष्टि जनाइन् । विस्तृत शान्ति सम्झौतामा ६ महिनामा आयोग गठन गर्ने र ६० दिनभित्र वेपत्ता व्यक्तिहरुको विवरण […]

संसदको संभावित कार्यसूचीमा परेन टीआरसी विधेयक

२८ भदौ, काठमाडौं । बुधबार बस्ने प्रतिनिधिसभाको संभावित कार्यसूचीमा टीआरसी विधेयक ( बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक) परेको छैन । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले बुधबार प्रतिनिधिसभामा टीआरसी विधेयकको प्रतिवेदन पेश गर्ने भनेको थियो । आइतबारको बैठकमा समिति सभापति कृष्णभक्त पोखरेलले सोमबार […]