नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी खाना पकाउने एलपी ग्यासबाहेक सवै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले डिजेल र मटीतेल प्रतिलिटर २-२ रूपैयाँ, पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर पाँच रूपैयाँ र बाह्यमा प्रतिकिलोलिटर एक सय डलर गरिएकोे प्रवक्ता वीरेन्द गोइतले जानकारी दिए ।