महासंघमा अझै भएन प्यानल घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसहित नयाँ नेतृत्व चयनका लागि आगामी चैत २८ र २९ मा निर्वाचन हुँदै छ । तर चुनाव नजिकिए पनि विगतका वर्षमा जसरी कुनै रौनकता छैन । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यस पदमा अहिलेसम्म तीन जना आकांक्षी देखिएका छन् । महासंघको तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुनिन लागेको हो ।