प्रतिनिधिसभा बैठक आज बस्दै, सांसदहरुले विशेष समयमा धारणा राख्नुहुने

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सांसदहरुले विशेष समय र शून्य समयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको संघीय सचिवालयका पदाधिकारीहरुले जानकारी गराउनुभएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा दुईवटा वार्षिक प्रतिवेदन पेश गर्नु हुनेछ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदन सरकारको तर्फबाट पेश हुने कार्यसूची तय गरिएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।