मौसमी कामदार विदेश पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत, निःशुल्क जान पाइने

वैदेशिक रोजगारमा मौसमी कामदार (सिजनल वर्कर) पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । कार्यविधि स्वीकृत भएसँगै नेपाली कामदारलाई सिजनल वर्करको रूपमा वैदेशिक रोजगारीमा पठाउने बाटो खुलेको छ ।यसअघि व्यक्तिगत रूपमा विभिन्न देशमा सिजनल वर्करको रूपमा नेपालीहरू जाने गरेका थिए । कार्यविधि नहुँदा सरकार त्यो विषयमा मौन बसेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएको कार्यविधि मन्त्रिपरिषद् बैठकले पारित गरेसँगै नेपालबाट वैध