चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लड्न तयार भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बादलले चितवनमा प्रचण्ड भर्सेज बादलको चुनाव हुने बताए ।