बेलायतमा दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित

बेलायतमा अझै पनि दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् ।  पछिल्लो एक दिनमा ४१ हजार २९९ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् ।  योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९१ लाख ७१ हजार ६६० पुगेको पनि अधिकारीले जनाएका छन् ।कोरोनाभाइरसका कारण बेलायतमा पछिल्लो एक दिनमा २१७ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाको सङ्ख्या एक लाख ४१ हजार १८१ पुगेको छ ।   सरकारी अधिकारीका अनुसार बेलायतमा अहिले पनि नौ