वीरगञ्जको राजस्व ७५.९६ प्रतिशतमात्रै

वीरगञ्ज। आयातनिर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०८०/८१ को शुरुआतमै व्यापार र राजस्व दुवै घटेको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले यस्तो देखाएको हो ।  चालू आवको पहिलो महीना साउनमा यो नाकाबाट कुल वैदेशिक व्यापारमा २० प्रतिशतले कमी आएको छ । अघिल्लो आव २०७९/८० को पहिलो महीनाको तुलनामा व्यापार खस्किएको हो ।  बितेको महीना वीरगञ्ज नाकाबाट कुल ५० अर्ब ७७ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा यो आकार ६३ अर्ब ७१ करोड रुपैयाँ रहेको भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।  गत साउनमा आयातको तुलनामा निर्यात स्वात्तै घटेको देखिन्छ । आयात १८ प्रतिशतले घट्दा निर्यात ४४ प्रतिशतभन्दा धेरैले खस्किएको भन्सारको तथ्यांकले देखाएको छ ।  बितेको १ महीनामा ४८ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको देखिन्छ । निर्यात २ अर्ब रुपैयाँ बराबरको मात्र छ । अघिल्लो वर्ष साउनमा ५९ अर्ब रुपैयाँको आयात हुँदा ४ अर्ब रुपैयाँको निकासी  भएको थियो । नेपालबाट विगतमा प्रशोधित तेल निर्यात मुख्य रहेकोमा भारतले आयात नीति परिवर्तन गरेर सीमा शुल्क शून्यमा झारेपछि नेपालबाट निकासी करीबकरीब ठप्प छ । आयातमा यो नाकाबाट सवारीसाधन, इन्धन र औद्योगिक कच्चा पदार्थ मुख्य रहेकोमा त्यस्ता वस्तुको आयात पनि घटेको भन्सारको तथ्यांकले देखाउँछ ।  राजस्व लक्ष्य अधुरै आयात निर्यात घटेपछि भन्सारले उठाउने राजस्व पनि घटेको सूचना अधिकारी ढकालले बताए । बितेको साउनमा भन्सारले लक्ष्यको ७५ दशमलव ९६ प्रतिशतमात्र राजस्व उठाएको छ । साउनमा ११ अर्ब ८६ करोड राजस्व उठेको छ ।  यो रकम अघिल्लो आवको साउनको तुलनामा लक्ष्य र रकम दुवैले कम हो । त्यसबेला १२ अर्ब ९८ करोड राजस्व संकलन भएको थियो । त्यो रकम लक्ष्यको तुलनामा ८५ प्रतिशत थियो । कोरोना महामारीयता घट्दो आय र मागका कारण व्यापारमा नकारात्मक प्रभाव परेको छ । विदेशी मुद्रा सञ्चिति सुधार्न सरकारले लिएको व्यापार नियन्त्रण नीतिले पनि प्रभावित भएको हो ।  सरकारले सबै खालका प्रतिबन्ध हटाउँदा पनि व्यापारमा सुधारको संकेत देखिएको छैन । आमउपभोक्ताको आम्दानी घट्नु र बढ्दो ब्याजदरका कारण बजारमा सुधार आउन सकेको छैन । 

सम्बन्धित सामग्री

कहिले भएको थियो राजस्व विभागको स्थापना

राजस्व विभागको स्थापना ०५० सालमा भएको हो । यो विभाग स्थापना हुनुपूर्व राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले ०३४ सालमा अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखाको स्थापना भएको थियो । पछि राजस्व चुहावट नियन्त्रण...

लक्ष्य अनुरुप राजस्व संकलन गर्न आन्तरिक राजस्व कार्यालय कञ्चनपुर असफल

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुरुप राजस्व संकलन गर्न सकेको छैन। आर्थिक वर्ष ०७९/०८० मा आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको हो। गत आर्थिक वर्षमा आन्तरिक राजस्व...

राजस्व चुहावट कसरी भएको छ त्यो हेर्नुपर्छ: डा.स्वर्णिम वाग्ले

'सार्वजनिक खर्च र राजस्व सङ्कलनमा असन्तुलन देखिएको छ। राजस्व सङ्कलनभन्दा खर्च बढी भएको अवस्था छ। लक्ष्यअनुसार राजस्व सङ्कलन छैन', उनले भने, 'राजस्व चुहावट कसरी भएको छ भनेर हेरिनुपर्छ। खर्चको प्रभावकारिता र मितव्ययिता छैन।'...

काठमाडौं महानगरको राजस्व बढ्यो

काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ। गत आर्थिक वर्षको यो अवधिमा महानगरपालिकाले तीन अर्ब ६९ करोड राजस्व उठाएको थियो। कोरोना महामारीको त्रास कम भएसँगै राजस्व  बढेको कामपा राजस्व विभाग प्रमुख डा.शिवराज अधिकारीले बताए।बुधबार कामपामा भएको राजस्व परामर्श समितिको बैठकमा डा.अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिएका हुन्। बैठकले कामपाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श स

राजस्व कम भएपछि संयुक्त अनुगमनमा निस्कियो राजस्व र भन्सारको टोली

लक्ष्य अनुसारको राजस्व असुली नभएपछि सरकारले बजार अनुगमन बढाएको छ । राजस्व छली र गैरकानुनी कारोबार नियन्त्रणको लागि राजस्व असुलीसँग सम्बन्धित निकायहरुले बेग्लाबेग्लै र संयुक्त अनुगमन थालेका छन् ।राजस्व चुहावाट र गैरकानुनी कारोबार रोक्नको लागि आन्तरिक राजस्व विभागले अनुगमन बढाएको विभागका महानिर्देशक रितेश शाक्यले जानकारी दिए । विभाग अन्तर्गतका कार्यालय र सेवा कार्यालयहरुले अनुगमन बढाएका शाक्यको भनाई छ ।‘हामीले दशैं अघिदेखि नै अनुगमन गरिरहेका छौं, विभाग अन्तर्गतका ४३ कार्यालय र ४१ सेवा कार्या

राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन

करछली गर्ने ठूला व्यवसायीमाथि कार्यालय उदाशिन रहँदा बर्षेनी राजस्व छली आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । गत आर्थिक बर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न...

राजस्व सङ्कलनमा कमी

भैरहवा । जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ । कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारबाही गरेबापतको राजस्व घट्दो क्रममा छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठसम्मको तथ्याङ्क हेर्दा औसतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो । गत वैशाखको तुलनामा जेठमा रु २२ हजार राजस्व सङ्कलनमा कमी आएको कार्यालयले […]

रोकिएन राजस्व छलीका शृंखला

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छल्लेविरुद्धको कारबाही तीव्र बनाएसँगै करोडौं रुपैयाँ राजस्व छलीको शृंखला धमाधम बाहिरिन थालेको छ । विभागको सक्रियतापछि पछिल्लो समय राजस्व छली गर्नेहरू धमाधम कानुनी दायरामा आउन थालेका छन् । यसैक्रममा सोमबार मात्र राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध बिगो र जरिमानासहित कुल १९ करोड ६९ […]

रोकिएन राजस्व छलीका शृंखला

राजस्व अनुसन्धान विभागले राजस्व छल्लेविरुद्धको कारबाही तीव्र बनाएसँगै करोडौं रुपैयाँ राजस्व छलीको शृंखला धमाधम बाहिरिन थालेको छ । विभागको सक्रियतापछि पछिल्लो समय राजस्व छली गर्नेहरू धमाधम कानुनी दायरामा आउन थालेका छन् ।यसैक्रममा सोमबार मात्र राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध बिगो र जरिमानासहित कुल १९ करोड ६९ लाख ६३ हजार १६८ रुपैयाँ असुलको माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले विभिन्न गलत उपाय अपनाएर राजस्व छलीमा संलग्न भ

आन्तरिक राजस्व विभागमा मैनाली

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग महानिर्देशकको जिम्मेवारी दीर्घराज मैनालीलाई दिएको छ । यसअघि, मैनाली राजस्व अनुसन्धान विभाग महानिर्देशक थिए । मैनाली कुशल र सुधारक प्रशासकका रूपमा परिचित छन् । राजस्व अनुसन्धान विभागमा रह“दा राजस्व छल्नेविरुद्ध आक्रामक कारबाही थालेर उनी चर्चामा आएका थिए । अर्थ मन्त्रालयले मैनालीलाई आन्तरिक राजस्व विभागको जिम्मेवारी दिएर सहमतिका लागि […] The post आन्तरिक राजस्व विभागमा मैनाली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.