जसपाको दुवै पक्षको कारबाही कानुनसम्मत छैन, पुरानै पदाधिकारी कायम रहन्छ - निर्वाचन आयाेग

काठमाण्डौ – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षको कारबाहीलाई अस्वीकार गरेको छ । दुवै पक्षले गरेको कारबाही कानुनसम्मत नदेखिएको ठहरसहित आयोगले पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको हो । एक जना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानुन र दलको विधानसम्मत मान्न नमिलेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले एकले अर्को सम...

सम्बन्धित सामग्री

छिटपुट घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सकियाे - निर्वाचन आयाेग

काठमाण्डाै – चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ को उपचुनावमा सामान्य घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ ।तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो । चितवनका दुई वटा मतदान केन्द्रमा केहीबेर मतदान रोकिँदा बारामा केही व्यक्ति पक्राउ परेका थिए । सामान्य घटना भएको भए पनि समग्रमा चुनाव उत्साहपूर्ण र शान्तिपूर्णरूपमा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।यकिन तथ्याङ्क आइनसकेको र प्रारम्भिक विवर...

चुनाव बिथाेल्ने गतिविधि हुन दिइँदैन : निर्वाचन आयाेग

काठमाण्डाै – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएको छ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरूले चुनाव बिथोल्ने अभिव्यक्ति दिइरहेका बेला आयोगले त्यसो हुन नदिन सचेत रहेको जनाएको हो ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बुधवार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा चुनाव बिथोल्ने खालको गतिविधि हुन नदिने गरी सुरक्षा योजना बनाउने बताउनुभयो । उहाँले विप्लव नेतृत्...

के-के हुन् निर्वाचनमा उम्मेदवार हुन चाहिने योग्यता?

काठमाडाैँ – निर्वाचन आयाेग नेपालले निर्वाचनमा उम्मेदवार बन्नकाे लागि चाहिने योग्यता सार्वजनिक गरेकाे छ । आयाेगले आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि आवश्यक याेग्यताका पाँच बुँदा सार्वजनिक गरेकाे हाे । प्रस्तुत छ आयाेगले सार्वजनिक गरेकाे उम्मेदवार बन्न चाहिने याेग्यता: क) नेपालको नागरिक ख) प्रतिनिधि सभा सदस्य निर्वाचनको […]

ओलीकाे आराेप - निर्वाचन आयाेग सत्ताधारी दलहरूलाई फाइदा पुग्ने गतिविधिमा लाग्याे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग सत्ताधारी दलहरूलाई फाइदा पुग्ने खालको गतिविधिमा संलग्न भएको आरोप लगाउनुभएको छ । स्थानीय तह चुनावकाे मतपत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णय एउटा दल विशेषलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले गरेको भन्दै अध्यक्ष ओलीले त्यसप्रति आपत्तिसमेत जनाउनुभयो । आज आइतवार बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उहाँले स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण ढङ्गले चुनाव सम्पन्न गर्नुपर्न...

सबै काम 'फास्ट ट्र्याक' बाट गर्नुपर्दा चुनाव खर्च बढ्छ : निर्वाचन आयाेग

काठमाण्डाै – आउँदाे स्थानीय तहको चुनावमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ । आज मङ्गलवारकाे कुराकानीमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको चुनावकाे तुलनामा आउँदाे वैशाख ३० गते गरिने स्थानीय तहको चुनावमा खर्च बढ्ने बताउनुभएको हो ।  आयोगले चुनाव प्रयोजनका लागि एक सय २० दिन पाउनुपर्नेमा अब मात्र ९०/९५ दिन मात्रै आयोगसँग भएकाले सबै काम 'फास्ट ट्र्याक' बाट गर्नुपर्दा खर्च बढ्ने उहाँले बताउनुभयो । सामान खरिदका लागि लामो समय राखेर प्रतिस्पर्धा गराउन नसक्दा, आयोगको कर्मचारील...

दल दर्ताका लागि सनाखत गर्न नेताहरू निर्वाचन आयाेग पुग्दा... (तस्बिरहरू)

काठमाण्डाै – माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका दल दर्ताका लागि नेताहरू निर्वाचन आयाेग पुगेका छन् । अहिले दुवै दल दर्ताका लागि सनाखत गर्ने काम भइरहेको छ ।  अस्ति (साेमवार) देखि चन्द्रागिरि रिसोर्टमा बसेका नेकपा एकीकृत समाजवादीका नेताहरु सिधै निर्वाचन आयोग पुगेका हुन् । सनाखतको लागि दिउँसो २ बजेसम्मको समय छुट्याइएको छ । सनाखतपछि दल दर्ता प्रक्रिया आजै टुंगो लगाउने निर्वाचन आयोगको तयारी गरेको छ । ...

कहिले माओवादी नछाडेको भन्दै सर्वोच्चमा, कहिले एमालेको बैठकमा

काठमाडौं : नेकपा (माओवादी केन्द्र) छाडेर एमाले प्रवेश गरेका चार नेता बुधबार सर्वोच्च अदालत पुगे। (माओवादी केन्द्र) नै अवैधानिक भएको भन्दै निर्वाचन आयोगसम्म पुगेका उनीहरू सांसद पद दाबी गर्न अदालत पुगेका थिए। तर, माओवादी अवैधानिक भएको दाबी गर्दै गर्दै निर्वाचन आयाेग पुगेका चार नेताहरूले आफूहरू औपचारिक रूपमा एमाले प्रवेश नगरेको बताउँदै आइरहेका छन्। माओवादीबाट निर्वाचित नेताहरू एमाले प्रवेश गरेपछि कारबाहीमा परेपछि सांसद पद जाेगाउन अदालत धाइरहेका हुन्‌।एमाले प्