खेतमा तरकारी टिप्न जाँदा बाघको आक्रमणः एक व्यक्ति घाइते, मरे भैंसी र बंगुर

काठमाडौँ–चितवनमा पछिल्लो समय बाघले मान्छेलाई आक्रमण गरेका घटना बढेका छन्। बाघको आक्रमणका घटना बढेपछि चितवनमा निकुञ्ज आसपास बसोबास गर्ने मानिसमा त्रास बढेको छ। खेतमा तरकारी टिप्न गएकादेखि जंगलमा घाँस दाउरा खोज्न गएका व्यक्तिलाई बाघले आक्रमण गरिरहेको छ। बाघको आक्रमणको घटना बढ्दै गए पनि यसको न्यूनीकरणमा स्थानीय सरकार वा केन्द्र सरकारले चासो दिएको छैन। आज बिहान […]

सम्बन्धित सामग्री

खोरेत रोगविरुद्ध बर्दियामा ३ वर्षयता १ लाख ९० हजार पशुलाई खोप

घरपालुवा पशु चौपाया गाई, भैंसी, बंगुर र बँदेलमा देखिने खोरेत रोगविरुद्ध तीन वर्षयता १ लाख ९० हजार खोप लगाइएको छ । खोप लगाएपछि अहिले सम्म कुनै पनि चौपायामा यस अवधिमा खोरते रोग नलागेको पशुपक्षी विकास कार्यालय, बर्दियाले जनाएको छ ।

बाघको आक्रमणबाट एकजना घाइते, भैंसी र बंगुर मरे

चितवनमा पछिल्लो समय बाघले मान्छेलाई आक्रमण गरेका घटना बढेका छन् । बाघको आक्रमणका घटना बढेपछि चितवनमा निकुञ्ज आसपास बसोबास गर्ने मानिसमा त्रास बढेको छ । खेतमा तरकारी टिप्न गाएकादेखि जंगलमा घाँस दाउरा खोज्न गएका व्यक्तिलाई बाघले आक्रमण गरिरहेको छ । बाघको आक्रमणको घटना बढ्दै गए पनि यसको न्यूनीकरणमा स्थानीय सरकार वा केन्द्र सरकारले चासो दिएको छैन ।आज बिहान खेतमा तरकारी टिप्न गएका पूर्वी चितवनको राप्ती नगरपालिका–१ डिपार्टका ४३ वर्षीय इन्द्रबहादुर थिङलाई बाघले आक्रमण गरेको छ । बाघको आक्रमणबाट घा

चितवनकाे राप्ती नगरपालिकामा गाउँ पस्याे बाघ, आक्रमणबाट एकजना घाइते

मध्यवर्ती वनहुँदै गाउँमा छिरेको बाघले राप्ती-१ कै सुकबहादुर थिङको एउटा भैंसी र सुकराम तामाङको दुईवटा वटा बंगुर मारेको छ

७० व्यावसायिक पशुपन्छी फार्मलाई अनुदान

बागलुङ । बागलुङमा माछा र मासुको उत्पादन बढाउन साना व्यावसायिक फार्म प्रवर्द्धन कार्यक्रम शुरू गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र बागलुङले साना व्यवसाय प्रवर्द्धनको काम थालेको हो । सोही अनुसार जिल्लाभर चालू आर्थिक वर्षमा ७० व्यावसायिक फार्मका लागि अनुदान स्वीकृत भएको छ । पशु सेवा विज्ञ केन्द्रले व्यवसायीबाट आवेदन माग गरेर प्राथमिकताका आधारमा अनुदान दिन थालेको हो । ४९ ओटा फार्मका लागि अनुदान दिने गरी आवेदन माग भए पनि २६९ फार्मले आवेदन दर्ता गराएका थिए । तीमध्ये ७० फार्मलाई ५० प्रतिशत अनुदान सहायता दिन थालिएको विज्ञ केन्द्रका पशु स्वास्थ्य अधिकृत केशव पौडेलले बताए । स्थानीय कुखुरा २५०, लेयर्स कुखुरा ५०० र ब्रोइलर कुखुरा एक हजार पाल्ने किसानमात्रै यो कार्यक्रममा सहभागी छन् । यस्तै पन्ध्र माउ बाख्रा, बच्चा उत्पादन गर्ने बंगुर भए पाँच र मासुका लागि पालिएका बंगुर भए १० पालेका कृषि फार्मले अनुदान सहायता पाउनेछन् । छनोटमा परेका फार्मलाई एक लाख ५० हजारका दरले अनुदान उपलब्ध गराइने छ ।    विज्ञ केन्द्रले बागलुङ नगरपालिका–११ रायडाँडा, निसीखोला गाउँपालिकाको निसीगाउँ र काठेखोलाको लेखानीमा पशुपक्षी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याउँदै छ । हरेक गाउँका लागि आठ लाख अनुदान उपलब्ध गराइने पौडेलले बताए । ‘हामी नियमित तर फरक प्रकृतिका कार्यक्रम लिएर किसानको माझमा पुगेका छौं,’ विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले भने, ‘किसानका मागअनुसार कार्यक्रम पनि बनाइरहेकै छौं ।’ जिल्लाको काठेखोला गाउँपालिकाको पालामा भैंसी विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ । कृत्रिम गर्भाधानमा प्रोत्साहन गर्दै नश्ल सुधार गरेर उत्पादन बढाउने कार्यक्रमसमेत कार्यान्वयनमा आएको छ । कृत्रिम गर्भाधानबाट जन्मेका पाडी–बाच्छी एक वर्ष हुर्काउने किसानका लागि मागका आधारमा १० हजार प्रोत्साहन रकम दिइने कार्यालयले बताएको छ । वर्षभरि यो कार्यक्रम जारी रहने भएकाले आवेदन लिएर आउन किसानलाई कार्यालयले आग्रह गरिएको छ । रासस

कृषकलाई जनही एक लाख अनुदान

लमजुङ-भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङबाट चालु आर्थिक वर्षमा जिल्लाका ७८ जना कृषकहरु अनुदानका लागि छनौटमा परेका छन् ।गण्डकी प्रदेश सरकारको वार्षिक कार्यक्रम अन्तर्गत साना पशुपंक्षी व्यावसायिक फार्म स्थापना तथा विस्तार कार्यक्रमका लागि जिल्लाका ७८ जना कृषक छनौट भएका हुन् । जिल्लास्थित कार्यालयका अनुसार भैंसी पालन, बंगुर पालन, बाख्रा पालन, कुखुरा पालन र भेडा […]

पशुपालन प्रवर्द्धनका लागि ‘सुत्केरी पशु पोषण भत्ता’

पर्वत । पर्वतको जलजला गाउँपालिकाले व्यावसायिक दुग्ध पशुपालन प्रवर्द्धनका लागि कृत्रिम गर्भाधान गराएर पाडा÷बाच्छा हुर्काउने किसानलाई ‘सुत्केरी पशु पोषण भत्ता’ दिँदै आएको छ । गएका तीन आवदेखि निरन्तरता दिइएको यो कार्यक्रमले स्थानीय जातका पाडापाडी तथा बाच्छाबाच्छी हुर्काउने क्रम बढेको पशु स्वास्थ्य प्राविधिक दीपक श्रेष्ठले बताए । कार्यक्रम शुरू भएको भएको पहिलो वर्ष ५८ जना र गतवर्ष ७२ जना कृषकले ब्याएका प्रतिपशुबापत २५ सय रुपैयाँका दरले रकम बुझेका छन् । नश्ल सुधार गरी दूध उत्पादन बढाएर कृषकलाई व्यावसायिक बनाउन तथा पाडा÷बाच्छा हुर्काउन गरिएको यो कार्यक्रमले कृषकलाई फाइदा पुगेको श्रेष्ठको भनाइ छ । नश्ल सुधारका लागि कृत्रिम गर्भाधानबारे कृषकको चासो र जानकारी बढेको उनले बताए । पशु पोषण भत्ता वितरण कार्यक्रममा यस वर्ष कम्तीमा पनि ७२ जना कृषकलाई समेट्ने लक्ष्य छ । भैंसीलाई राँगा लगाएर गर्भाधान गराउँदा ४ हजार रूपैयाँसम्म शुल्क तिर्नुपर्ने अवस्था रहेकाले पनि कृत्रिम गर्भाधान गराउने कृषक बढेका छन् । कृत्रिम गर्भाधानका लागि ३ सयदेखि ८ सय रुपैयाँसम्म शुल्क लाग्ने गरेको छ । कृत्रिम गर्भाधानको नश्ल सुधारबाट दूध उत्पादन समेत बढ्ने भएकाले आफूहरू यसमा आकर्षित भएको वडा नं ५ लेखफाँटका कृषक मोहदत्त सुवेदीले बताए । उक्त कार्यक्रम कार्यान्वयनका लागि १४ लाख ८० हजार रुपैयाँको साझेदारी गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए । गाउँपालिकाका पशुपालक कृषक, कृषक समूह, फर्म, सहकारी आदि लक्षित गरेर सहकार्यमा गाई÷भैंसी गोठ सुधारमा प्रतिगाई÷भैंसी प्रतिकृषक बढीमा २५ हजार, कम्तीमा तीनटा माऊ गाई वा भैंसी तथा १५ ओटा माऊ बाख्रा पाल्ने कृषकलाई सहकार्यमा चाफकटरका लागि २ लाख रुपैयाँ दिइने जानकारी उनले दिए । यसैगरी बंगुर, बाख्रा र कुखुरा पालनका लागि २ लाख, सहकार्यमा कृषि यान्त्रिक उपकरण वितरणका लागि २ लाख ३० हजार र बोयर जातका बोका तथा पाठी वितरणका लागि ३ लाख ५० हजार लगानी गर्न लागिएको छ ।

बागमती प्रदेशको आगामी बजेट : कोरोना रोकथाम, कृषि र पूर्वाधारमा प्राथमिकता

हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेश सरकारद्वारा आगामी आव २०७८/७९ का लागि प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटमा प्रदेशका १३ ओटै जिल्लाका कोभिड–१९ संक्रमणका बिरामीको उपचार सेवा र नियन्त्रणलाई उच्च प्राथमिकता दिइने बताएका छन् । यही जेठको २६ वा २७ गतेभित्र प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटको प्राथमिकतामा कोभिड–१९ बाट पीडा भोगेका परिवारलाई सरकारले उत्पादनतर्फ आर्यआर्जनका लागि आर्थिक प्याकेज कार्यक्रम ल्याउन लागिएको जानकारी उनले दिए । प्रदेशको काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा अक्सिजन प्लान्ट स्थान गर्न, अस्पतालको गुणस्तरीय वृद्धिको साथै एचडीयू, भेन्टिलेटर र आईसीयू कक्षको स्थापना गरी उपचार सेवालाई सहजीकरण गर्न सरकारले छुट्टै कार्यदल पनि गठन गर्ने उनले बताए । मन्त्री ढुंगेलले प्रदेश सरकारले अघिल्लो वर्ष जस्तै यस वर्षको नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय गौरवको आयोजनाको निर्माणको साथै शिक्षाको गुणस्तरीय वृद्धि र दक्ष जनशक्ति उत्पादनको लागि प्राविधिक शिक्षातर्फ जोड दिइने जानकारी दिए । आगामी आवको बजेटले प्रदेशमा कृषि उत्पादनको साथै पशुपालनतर्फ गाई, भैंसी पालनको अतिरिक्त, खसी, बोका, कुखुरा, बंगुर पालनलाई उच्च प्राथमिकता दिई शहरी क्षेत्रका उपभोक्तालाई दुग्ध पदार्थ र मासुमा आत्मनिर्भर तुल्याउने कार्यलाई जोड दिने उनले बताए । आगामी आव २०७८/७९ का लागि सरकारले करिब ५४ अर्ब रुपैयाँके बजेट ल्याउने सम्भावना रहेको उनले बताए । बजेटले प्रदेशको १३ ओटै जिल्लालाई भौतिक पूर्वाधार निर्माण, संघीय राजधानी काठमाडौंलाई हेटौंडाबाट जोड्ने विद्युतीय बसको सञ्चालन र पोष्ट बहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण तथा कोभिड–१९ संक्रमण रोग नियन्त्रणका लागि सरकारले केन्द्रविन्दुमा राखेर बजेट विनियोजित गरी कार्यान्वयन गर्नेतर्फ केन्द्रित रहेको उनको भनाइ छ । रासस

कुकरले टोक्दा १० चौपाया मरे

गोरखा : रेबिज लागेको कुकुरले टोक्दा १० चौपाया मरेका छन्। जिल्लाको अजिरकोट गाउँपालिका–४ बालुवामा रेबिज लागेको कुकुरले टोकेपछि दुई भैंसी, छ बंगुर, एक गोरु र एक गाई मरेको स्थानीय चन्द्र घलेले जानकारी दिए।  कुकुरले टोकेका चौपायाहरू उपचार गरेपछि मरेका हुन्। उक्त कुकुरले टोकेको पशुहरुले र्‍याल निकाल्ने, ...

चौपायाको हड्डी तस्करी हुने गरेको खुलासा

मासु प्रशोधन केन्द्रबाट गाई, गोरु, भैंसी, राँगा, बंगुर आदी जनावरको हड्डी भारततर्पm तस्करी हुने गरेको पाइएको छ । सुनसरीको दुहवीमा संचालित सांग्रिला

बारामा दश लाख पशुपक्षी

कलैया । बारा जिल्लामा आर्थिक वर्ष ०७३–०७४ मा गाई, भैंसी, बाख्रा, बंगुर र कुखुरा गरी कुल १० लाख चार हजार ४४० वटा