सैन्य सहायताबारे नेपाल र भारतबीच संयुक्त बैठक बस्ने

सैन्य मामिलामा छलफल गर्ने निकाय नेपाल–भारत द्विपक्षीय परामर्श समूहको बैठक तीन वर्षपछि भारतमा बस्न लागेको छ। नेपाली सेनाको हतियार तथा गोलीगठ्ठा खरिद एवं द्विपक्षीय सैन्य सहयोगका विषयमा बिहीबार र शुक्रवार...

सम्बन्धित सामग्री

भण्टाबारी नाका खुला, भारतीय नाकाको टुंगो लागेन

विराटनगर । विराटनगर भन्सार कार्यालयबाट चार किलोमिटर दक्षिण पश्चिम भारतमा रहेको मिरगञ्जको बेलिब्रिज भासिएपछि भारत लगायत तेस्रो मुलुकबाट मालसामान लिएर नेपालतर्फ आएका ट्रक तथा कन्टेनर चार दिनदेखि रोकिएका छन् । कतिपय सड्ने सामान बोकेका कन्टेनर र ट्रकहरू नाका रिरूट नगरिँदा समस्यामा परेका छन् । नेपालको भन्सार विभागले भारतीय पक्षबाट स्वीकृति आएमा तत्कालका लागि सुनसरीको भण्टाबारी नाका प्रयोगको अनुमति दिएको छ । तर भारतको कष्टम विभाग र डीएम कार्यालयले यसबारे माथिल्लो निकायमा पत्र लेखे पनि त्यसको जवाफ नआएकाले कुन नाका प्रयोग गर्न दिने भन्ने अन्योलले नेपाल–भारत निकासी तथा पैठारी रोकिएको छ । विराटनगर भन्सार कार्यालय प्रमुख ताराप्रसाद सापकोटाका अनुसार भण्टाबारी नाका हुँदै विराटनगरको आईसीपीसम्म आइपुग्न झन्डै ११६ किलोमिटर पर्छ । सोहीकारण अररिया कुर्सियाकट्टा हुँदै जोगबनीसम्म आउने १२ किलोमिटर दूरी भएको रूट भारत सरकारले अनुमति दिँदा राहत हुने देखिन्छ । तर त्यसबारे निर्णय नआएकाले अहिले कुन रूट हुँदै कुन नेपाली नाकाबाट नेपालमा मालवाहक गाडी प्रवेश गर्छन् भन्ने यकिन भइनसकेको सापकोटाले बताए । भन्सार विभागले भारतले स्वीकृति दिएमा भण्टाबारी नाका प्रयोगको अनुमति दिए पनि भारतीय पक्षबाट कुनै प्रगति नभएकाले मंगलवार भारतीय र नेपाली अधिकारीको संयुक्त बैठक बसेर भए पनि एउटा नाकाबाट मालवाहकले निकासी र पैठारी गर्न सक्नेगरी सहमति जुटाउन प्रयास गरिने सापकोटाले जानकारी दिए । भन्सार अधिकृत अमित तिवारीका अनुसार विराटनगर भन्सारको दैनिक राजस्व संकलनको लक्ष्य १४ करोड ५० लाख भए पनि अहिले दैनिक २ करोडमा सीमित हुन पुगेको छ । भारतको मिरगञ्जमा रहेको फलामको पुल भासिएपछि जोगबनी नाकासम्म आउने अन्य स्तरीय बाटो नभएको कारण तत्काललाई समस्या देखिएको छ । यद्यपि फलामको पुल भन्दा एक किलोमिटर उत्तरतर्फ मोटरेबल पक्की पुल बनिसकेकाले त्यो दुई महीनाभित्र चालू भएपछि जोगबनी नाका आउजाउ गर्ने मालवाहकको समस्या स्थायी रूपमा समाधान हुनेछ । विराटनगर नाकाबाट दैनिक तीन सय मालवाहक गाडी आवतजावत गर्छन् । मोरङ व्यापार संघले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र यसैबीच, सोमवार मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल र पूर्वअध्यक्ष महेश जाजूले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर जोगबनी नाकाबाट भइरहेको निकासी पैठारी तत्काल सुचारु गर्न ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा भारत सहित तेस्रो मुलुकबाट नेपाल भित्रने मालवाहक साधनका लागि हाल भारतको भीमनगर–भन्टाबारी भन्सार नाका सहित अररिया जिल्लाको अररिया– कुर्साकाँटा–जोगबनी वैकल्पिक मार्गको रूपमा सञ्चालनमा ल्याउन पहलल गर्नुपर्ने, मिरगञ्ज पुल तत्कालै मर्मत गर्नुपर्ने, सो पुल नजिक निर्माणाधीन नयाँ पुल यथाशीघ्र सम्पन्न गराउनुपर्ने लगायत माग  छन् । परराष्ट्रमन्त्री खड्काले जोगबनी नाकाबाट हुने निकासी पैठारी पूर्ववत् सञ्चालनका लागि आफूले भारत सरकारसँग कुरा राख्ने आश्वासन दिएका छन् ।

पानी जहाजको टर्मिनलको खोजीका लागि नेपाल भारत संयुक्त बैठक

काठमाडौं । नेपालमा जल परिवहन सञ्चालनका लागि नेपाल र भारत संयुक्त टोलीको बैठक बिहीबार काठमाडौंमा शुरु भएको छ ।  बैठकमा नेपालका तर्फबाट ऊर्जा आयोगका सहसचिव तथा जलमार्ग अध्ययन समितिका संयोजक माधव ...