ललितपुर। जिल्लाका विभिन्न स्थानमा प्रयोगबिहीन रहेका २३० थान अक्सिजन सिलिन्डरहरु महानगरीय प्रहरी परिसर ललितपुरले संकलन गरी विभिन्न अस्पतालहरुलाई बुझाएको छ। संकलन गरिएका सिलिण्डर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज ईमाडोल, ब्रजबाराही अस्पताल चापागाउँ, अल्का अस्पताल जावलाखेल, सुमेरु अस्पताल धापाखेल, स्टार अस्पताल, मेघा अस्पताल, गणेशमान सिंह अस्पताल र बागडोलस्थित वृद्धाश्रममा रहेको आइसोलेशन सेन्टरमा बुझाइएको प्रहरीले जनाएको छ।