४ प्रतिशतले घट्यो वीरगञ्ज भन्सारको राजस्व

वीरगञ्ज – देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ को माघमा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। कार्यालयले माघमा भन्सार विभागबाट पाएको लक्ष्यभन्दा चार प्रतिशत कम राजस्व संकलन गरेको हो। माघमा वीरगञ्ज भन्सार कार्यालयले १५ अर्ब ८२ करोड एक लाख ४२ हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको छ। विभागले वीरगञ्ज भन्सार […]

सम्बन्धित सामग्री

वीरगञ्ज भन्सारबाट किन घट्यो राजस्व ?

पर्सा - राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन क्रमिक रुपमम घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व संकलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व संकलन गरेको जनाएको छ । चालु आवको साउनका लागि भन्सार विभागले रू १५ अ...

वीरगञ्ज भन्सारबाट किन घट्यो राजस्व ?

पर्सा - राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन क्रमिक रुपमम घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व संकलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व संकलन गरेको जनाएको छ । चालु आवको साउनका लागि भन्सार विभागले रू १५ अ...

वैदेशिक व्यापार खस्किएपछि घट्यो वीरगञ्ज भन्सारको राजस्व

वीरगञ्ज । मुख्य नाका वीरगञ्जबाट आयात (Import) खस्किएपछि त्यसको प्रभाव भन्सारले उठाउने राजस्व (Revenue) मा देखिएको छ । वीरगञ्ज भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार चालू आर्थिक वर्ष (आव) २०७९/८० को ९ महीनामा वीरगञ्ज भन्सार (Birgunj Custom) को राजस्व असुली लक्ष्यभन्दा ४० प्रतिशत कम छ ।  भन्सारले चालू आवको चैत मसान्तसम्म १ खर्ब ९१ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएको थियो । यो ९ महीने अवधिमा १ खर्ब १५ अर्ब रुपैयाँ मात्रै राजस्व हात लागेको तथ्यांक भन्सारले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ । यो रकम लक्ष्यको ६० प्रतिशत हो ।  जबकि, यो भन्सारले गत आवको समीक्षा अवधिमा लक्ष्यभन्दा २ प्रतिशत बढी राजस्व उठाएको थियो । त्यसबेला १ खर्ब ५१ अर्ब रुपैयाँको लक्ष्य लिएकोमा १ खर्ब ५५ अर्ब रुपैया संकलन भएको देखिन्छ ।  यस्तो छ वैदेशिक व्यापार  वीरगञ्ज भन्सारबाट चालू आवको ९ महीनामा कुल वैदेशिक व्यापार गत आवको सोही अवधिको तुलनामा २७ दशमलव ६४ प्रतिशतले घटेको छ ।  यो वर्षको चैत मसान्तसम्ममा ५ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवको समीक्षा अवधिमा यो आकार ७ खर्ब ११ अर्ब रुपैयाँ थियो ।  चालू वर्षको चैत मसान्तसम्म आायतमा २१ प्रतिशतले कमी आउँदा निर्यात १३६ प्रतिशत घटेको देखिन्छ । आयात र निर्यात घटेपछि व्यापारघाटा १४ दशमलव ३ प्रतिशतले खुम्चिएको भन्सारको तथ्यांक छ ।

वीरगञ्जबाट गाडी आयात ६७ प्रतिशत घट्यो

वीरगञ्ज (अस) । बढ्दो आयातले विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै सरकारले लिएको आयात निरुत्साहन नीतिको प्रभाव देशको मुख्य भन्सार नाकामा देखिएको छ । सरकारले गरेको कडाइको फलस्वरूप सवारीसाधन आयात ६७ प्रतिशतले घटेको छ । वीरगञ्ज नाकाबाट हुने गाडी आयात पोहोर चैतको तुलनामा यसपालि ६७ प्रतिशतले घटेको हो । मोटरसाइकलको आयात पनि ५४ प्रतिशतले घटेको छ । आयात हुने वस्तुको शीर्षस्थानमा रहेको डिजेल पैठारी २२ प्रतिशतले घटेको छ । चैतमा औद्योगिक कच्चा पदार्थको आयात समेत खस्किएको भन्सारको तथ्यांकले देखाउँछ । फलाम, तेल, प्लास्टिकलगायत औद्योगिक कच्चा पदार्थको आयात परिमाण पनि घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार चालू आर्थिक वर्ष (आव) २०७८/७९ को चैतमा आयात व्यापार र त्यसबाट हुने राजस्व संकलन दुवै घटेको छ । आयातमा गरिएको कडाइको प्रभाव भन्सार नाकामा देखिएको पौडेलले बताए । ‘चैत दोस्रो सातायता भन्सारबाट नयाँ सवारीसाधनको जाँचपास भएको छैन । दैनिक उपभोग्य वस्तुको आयात समेत घटेको छ,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘आयात घटेपछि त्यसको असर राजस्वमा पनि देखिने नै भयो ।’ वीरगञ्ज भन्सारले चैतमा लक्ष्यको ९२ प्रतिशत मात्र राजस्व उठाएको छ । १७ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा १६ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको भन्सारको तथ्यांकले देखाउँछ । भन्सार कार्यालयले चालू आवको चैतसम्म (९ महीना)मा १ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम लक्ष्यभन्दा २ प्रतिशत बढी भएको पौडेलले बताए । कुल राजस्व लक्ष्यभन्दा बढी उठे पनि आयातमा गरिएको कडाइले पछिल्लो एक महीनाको आयात र राजस्व प्रभावित भएको उनको भनाइ छ । अन्तरराष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धि र आन्तरिक नीतिमा देखिएको अन्योलको असर आयातमा देखिएको व्यवसायी बताउँछन् । ‘कोरोना महामारीले पारेको असर र रूस–युक्रेन तनावले बाह्य बजारमा मूल्यको दबाब बढेको छ । यस्तोमा आन्तरिक नीतिले उद्यमी, व्यापारी अन्योलमा परेका छन् । त्यसको प्रभाव व्यापारको परिमाणमा देखिएको हो,’ वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले भने ।

सवारी साधन आयात घट्यो, सोचेजस्तो राजस्व उठ्न सकेन

कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारी साधन सोचेजस्तो आउन नसकेको कारण चालु आवको मङ्सिर महिनासम्मा सोचेजस्तो राजस्व उठन नसकेको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए । चालु आवको मङ्सिर महिनासम्ममा वीरगञ्ज नाका भएर रु तीन अर्ब २९ करोड मूल्य बराबरको ३७ हजार ६७१

सवारी साधन आयात घट्यो, सोचेजस्तो राजस्व उठ्न सकेन

कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारी साधन सोचेजस्तो आउन नसकेको कारण चालु आवको मङ्...