काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडा र अनसनविद् डा. गोविन्द केसीबीच आज भेटवार्ता भएको छ । सो भेटमा डा. केसीले ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न तथा स्वास्थ्य सेवा गुणस्तरीय, निशुल्क, सुलभ बनाउन माग गरिएको छ । देशभर खुलेका मापदण्डविनाका निजी स्वास्थ्यसंस्था बन्द गराउन उनले सरकारलाई आग्रह गरेका छन् […]