राज्यले प्रहरीलाई कमजोर बनाउँदा भौतिक, मनोवैज्ञानिकलगायत सबै कोणबाट न शान्ति स्थापना सम्भव हुन्छ, न त ठुलो भिडलाई नागरिक अधिकारसहित नियन्त्रण गर्न सकिन्छ।
मुस्ताङ – उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजनाअन्तर्गत हालसम्ममा १३ पुल निर्माण सम्पन्न भएका छन्। तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन्। भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३÷७४ सालदेखि सुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत वर्षसम्म १३ पुल सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भइसकेको जनाएको छ। आयोजनाअन्तर्गत ठेक्का सम्झौता भई निर्माणाधीन अवस्थामा रहेका तीन […]
५९ इनिङ्समा दुई मेडनसहित ७५ विकेट, यो तथ्यांक हेर्दा अविनाश बोहरा चल्तीका बलर सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीभन्दा धेरै पछाडि देखिँदैनन्। औसतको मामिलामा उनले राष्ट्रिय टोलीका प्रमुख बलर करण र सोमपाल दुवैलाई उछिनेका छन्। तर विडम्बना, करिब डेढ वर्ष बितिसक्दा पनि उनले राष्ट्रिय टोलीमा फर्किने मौका पाएका छैनन्। बोहराले अन्तिमपटक अमेरिका तथा वेस्ट […]