ललितानिवास प्रकरण : भोलि अदालतमा अभियोजन दर्ता हुँदै

काठमाडौँ : सरकारी वकीलको कार्यालय काठमाडौँले ललितानिवास प्रकरणबारे भोलि आइतबार अदालतमा अभियोजन दर्ता गर्ने भएको छ। कार्यालयका प्रमुख, सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले शुक्रबार नै मुद्दा दर्ताको तयारी गरे पनि प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न नभ्याइएकाले भोलि आइतबार काठमाडाैँ जिल्ला अदालतमा अभियोजन दर्ता गरिने थाहाखबरलाई जानकारी दिए। ललितानिवासको सरकारी जग्गा हिनामिना गरी व्यक्तिका नाममा लगेकाे विषयमा अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले २८६ जनालाई प

सम्बन्धित सामग्री

ललितानिवास प्रकरण : कर्मचारीलाई जेल, नेतालाई सफाइ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग दायर गरेको चार वर्षपछि ललितानिवास जग्गा हिनामिना प्रकरणको बिहीबार विशेष अदालतले फैसला सुनायो ।

ललितानिवास प्रकरण : तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर

काठमाडौं– ललितानिवास जग्गा प्रकरणमा तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार बस्न्यात, छविराज पन्तलगायतलाई दोषी ठहर गरेको हो। बस्न्यात अख्तियारका पूर्व प्रमुख आयुक्त समेत हुन्। बस्न्यातलगायतलाई जनही ८० लाख ४८ जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएको छ।

ललितानिवास प्रकरण न्याय प्रणालीको भद्दा मजाक

ललितानिवास प्रकरणमा मुद्दा अनुसन्धानको मार्गदर्शक प्रहरीको सुडान काण्डलाई मान्न सकिन्थ्यो। उक्त काण्डमा संलग्न भनिएका ३२ प्रहरी कर्मचारीमध्ये अन्ततः नेतृत्व गर्ने तीन प्रहरी प्रमुखलाई मात्र दोषी ठहर गरे जस्तै यसमा पनि करिब ३०० जना मिलेर किर्ते गरे भन्नुभन्दा दलाल, संलग्न उच्च राजनीतिक नेतृत्व र माथिल्ला कर्मचारीलाई मात्र केन्द्रविन्दुमा राखी अनुसन्धान गरेको भए अर्कै अवस्था हुनेथियो।

ललितानिवास प्रकरण : सीआईबीले आज अनुसन्धान प्रतिवेदन बुझाउँदै

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितानिवास सरकारी जग्गासम्बन्धी अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।

ललितानिवास प्रकरणले राज्यलाई नोक्सान भए सजाय भोग्न तयार छु : डा. बाबुराम

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललितानिवास प्रकरणमा आफू सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन्। शनिबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष डा. भट्टराईले ललितानिवासको विषयमा आफ्नो सरकारका पालामा भएको निर्णयबारे सरकारलाई सहयोग गर्न तयार रहेको बताएका हुन्। उनले मन्त्रालयबाट आएको सबै कुरा प्रधानमन्त्रीलाई थाहा नहुने भएकाले नियतवश आफूले जीवनमा केही पनि नगरेको बताए।‘ललितानिवास प्रकरण ०४७/०४८ सालमा आएको र

ललितानिवास प्रकरण : सचिव पक्राउविरुद्ध कर्मचारी आन्दोलित

ललितानिवास जग्गा प्रकरणमा अनुसन्धानका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई प्रहरीले पक्राउ गरेपछि उक्त प्रक्रिया गलत भएको भन्दै निजामती कर्मचारी संगठित भएका छन्।  यो घटना कुनै अमुक व्यक्ति,...

ललितानिवास प्रकरण : रिहाइको माग गर्दै सचिव राउत सर्वोच्च पुगे

ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको घटनामा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत सर्वोच्च पुगेका छन् । उनको हकमा उषा कार्कीले बुधबार रिट दर्ता गराएकी हुन् । रिटको पेसी २८...

ललितानिवास प्रकरण: यी हुन् अहिलेसम्म पक्राउ परेका १७ जना

ललितानिवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

ललितानिवास प्रकरण : कसरी तानिए पूर्वनिर्वाचन आयुक्त शाह ?

बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिनाको मुद्दामा पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह अवकाशप्राप्त सहसचिव हुन् । जग्गा हिनामिना प्रकरणमा उनको प्रत्यक्ष भूमिका छैन । तर, राणा परिवारसँग उनले करिब पाँच रोपनी जग्गा बकस पाएका...

ललितानिवास प्रकरण : अधिकांश जग्गा तीन जनाका नाममा

बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन् ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुवेदी दम्पतीलाई पुस ७ गते पक्राउ गरेको थियो । सुवेदी दम्पतीसँगको बयानपछि अर्का मुख्य योजनाकार शोभाकान्त ढकाललाई डिल्लीबजार कारागारबाट झिकाएर ब्युरोले बयान लिइरहेको छ । ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा म