नेपालमा मातृमृत्यु : ५७ प्रतिशत आमाले अस्पतालमै गुमाउँछन् ज्यान

काठमाडौं : नेपालमा सबैभन्दा धेरै मातृमृत्यु लुम्बिनी प्रदेशमा हुने गरेको पाइएको छ। स्वास्थ्य सेवाको पहुँचबाट सुगम मानिएको लुम्बिनी प्रदेशमा देशभरका अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै सुत्केरी आमाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा प्रतिएक लाख जीवित जन्ममा २०७ आमाको मृत्यु हुने गरेको देखिएको छ।तर देशभरको समग्र मातृमृत्यु दर हेर्ने हो भने  नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुन्छ। देशभरको समग्र मातृ मृत्युदरमा सुधार आए पन