एमाले एकताको प्रयासमा दोस्रो तहका नेताहरू

काठमाडौँ । नेकपा एमालेको कार्यदलको बैठक आज पनि बसेको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा एमालेका दोस्रो तहका नेताहरू एकता जोगाउन प्रयासस्वरुप छलफलमा जुटेका छन् । कार्यदलमा सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, विष्णु रिजाल र शङ्कर पोखरेल रहेका थिए । आजको बैठकमा एमाले सचिवत्रय […]

सम्बन्धित सामग्री

एमालेको मधेश अधिवेशन : बन्दसत्र सुरु, सर्वसम्मत नेतृत्व चयनमा सकस

जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश अधिवेशनको बन्दसत्र सुरु भएको छ । महाधिवेशन प्रतिनिधि र नेताहरू खाना खाएर बन्दसत्रमा गएका हुन् । बुधवार महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरे । बुधवार राति ८ बजे नै बन्दसत्र हुने भनिएको थियो । तर बन्दसत्र अघि प्रदेश नेतृत्वमा सहमति गर्ने प्रयासमा लागे । सहमति जुटाउने प्रयास विफल […]

बागमती प्रदेश : सरकार गठनका लागि दलहरूले दिए छलफलमा तीव्रता

मकवानपुर । बागमती प्रदेश सरकार गठनका लागि दलहरूले छलफलमा तीव्रता दिएका छन् । प्रदेश सरकारको नेतृत्वको लागि विभिन्न विकल्पसहित दलहरु छलफलमा जुटेका हुन् ।  केन्द्रीय स्तरमा बनेको सत्ता गठबन्धनका दलहरू सोही अनुसार सरकार गठनका लागि सक्रिय देखिएका छन्, भने नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी फरक समीकरणबाट सत्तारोहणको प्रयासमा रहेका छन् । बागमती प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा केन्द्रीय समीकरण अनुसार प्रदेश सरकार गठन गर्ने पक्षमा देखिएका छन् ।  गठबन्धन दलका नेताहरू सरकार केन्द्रको समीकरण भन्दा फरक समीकरणको सम्भावना नरहेको बताउँछन् । सत्ता गठबन्धनबाट अलग भएर सरकार गठन गर्ने पक्षमा नरहेको...

प्रदेश १ मा एमाले नेतृत्वमा सरकार बनाउने प्रयासमा छौँ : हिक्मत कार्की

विराटनगर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण मत परिणाम आएसँगै यतिवेला प्रदेश १ मा सरकार गठन गर्ने विषयमा दलका नेताहरू छलफल र बहसमा छन्।प्रदेश १ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एमाले ठूलो दल बने पनि एक्लै उसको बहुमत पुगेन। सत्ता गठबन्धनसँग पनि बहुमत छैन।त्यसो हुँदा प्रदेश १ मा एमालेले सरकार गठनको तयारी कसरी गरिरहेको छ? साथै संसदीय दलको निर्वाचन वा नेतृत्व चयनको तयारी कसरी भइरहेको छ भन्ने विषयमा रहेर नेकपा एमालेका नेता एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्रीहिक्मतकुमार कार्कीसँगथाह

लमजुङमा सुब्बा र गुरुङको संयोग : ०७४ मा मिलेको जोडी ०७९ मा प्रतिद्वन्द्वी

पर्वत : अघिल्लोपटक २०७४ सालमा भएको प्रतिनिधि तथा प्रदेश निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो। त्यो बेलामा कुम जोडेर चुनावमा होमिएका नेताहरू अहिलेको निर्वाचनमा एक अर्कालाई परास्त गर्नका लागि सकेसम्मको आलोचनामा उत्रिने पक्का छ।२०७४ को निर्वाचनमा एक अर्कोको प्रशंसा गर्दै जनताको दैलोमा मत माग्दै पुगेका नेताहरू पार्टी फुटेसँगै अहिलेको चुनावमा एकले अर्काका नराम्रा पक्षलाई उजागर गरेर परास्त गर्ने प्रयासमा हुने अवस्था आएको छ। यस्तै संयोग यी दुवै राजनीतिक दलका ‘हेभी

एमसीसी संसदको बैठकको विषय किन बनिरहेको छैन ?

एक दशकअघि हस्ताक्षर भएको झन्डै ६० अर्ब रुपैयाँ बराबरको अमेरिकी आर्थिक अनुदान सहायता एमसीसी संसद्‌बाट पारित गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयासमा सत्ताधारी गठबन्धनकै नेताहरू तयार नदेखिएको भन्ने विवरणहरूका माझ यो विषय फेरि एक पटक सार्वजनिक बहसमा आएको छ।पाँच दलीय सत्ताधारी गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता संस‌द्‌बाट पारित गर्ने प्रक्रिया अघि बढाउन प्रस्ताव गर्दा गठबन्धनका अन्य दलहरूले अध्ययनका लागि समय मागेको भन्ने विवरणहरू सार्वजनिक भएका छन्।एमसीसीबारे छिटो निर्णय लिन अमेरिकी ताकेता भइरहेको समाचारका आइरहँदा संसद् बैठक भने माघ २६ गतेसम्मका लागि स्थगित गरिएको छ।एमसीसीका कतिपय प्रावधानका विषयमा फरक मत राख्दै आएका सत्ताधारी गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी दलका नेताहरूको अनुरोधमा संसद् बैठक पर धकेलिएको नेताहरूले बताएका छन्।दलहरूको अलमलसन् २०१२ मा नेपाल र संयुक्त राज्य अमेरिकाबीच हस्ताक्षर भएको एमसीसी सम्झौता विसं २०७६ असारमा केपी ओली नेतृत्वको सरकारले संसद्‌मा मा प्रस्तुत गरेको थियो।तर एमसीसीको विपक्षमा रहेका नेताहरू सत्ताधारी दलमै रहेका अवस्थामा सरकारले एमसीसीबारेको संसदीय प्रक्रियामा अघि बढाएन। नेकपा विभाजनसँगै प्रमुख प्रतिपक्ष दल बनेको एमाले एमसीसीमा आफ्नो समर्थनबारे मौन बस्दै आएको छ।“आफूले गरेको सम्झौता कति वर्षपछि अहिले आएर अध्ययन गर्न कार्यदल बनाउँछ सत्ता गठबन्धन,” नेकपा एमालेको संसदीय दलका उपनेता सुवास नेम्बाङ भन्छन्।“उहाँहरूसँग संसद्‌बाट पारित गर्ने हैसियत छ यस्तो अवस्थामा प्रतिपक्षीले के गर्छ भनेर सोध्ने हो र?”उनले सरकारले संसद्‌मा सम्झौता पेस गरिएपछि मात्रै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने दोहोर्‍याए।एमसीसीबारे राजनीतिक दलहरूसँगै सार्वजनिक मञ्चहरूमा व्यक्त टिप्पणीहरूपनि परस्पर विरोधी प्रकृतिको देखिने गरेको कारण सत्ताधारी र प्रतिपक्ष दुवै दलहरू उक्त विषय आगामी निर्वाचनको एजेन्डा बन्नेमा सजग रहेको विश्लेषकहरूले बताउने गरेका छन्।“संसदमै छलफल गरिनुपर्छ”एमालेको समर्थन नभएसम्म यो सम्झौता संसद्‌बाट अघि बढाउन सरकार तयार नदेखिएको बताइन्छ।तर नेपाली कांग्रेसका महामन्त्री गगन थापा एमसीसीबारे संसद्‌मा छलफल भएपछि मात्रै सहमतिको प्रयासमा सरकार जुट्नु उपयुक्त हुने बताउँछन्।“यसलाई बाहिर कचल्टाउने भन्दा यो विषयलाई संसद्‌मा ल्याऊँ। बरु संसद्‌मा ल्याइसकेपछि यसलाई रातारात पारित गर्ने बाटोतिर लाग्नै हुन्न सदनभित्र पनि यसमा पुरै छलफल हुनुपर्छ। आवश्यक पर्‍यो भने समितिमा लगेर छलफल गर्नुपर्छ,” नेता थापाले बीबीसी नेपाली न्युजसँग भने।आवश्यक पर्‍यो भने नागरिकसँग समेत संवाद गर्नुपर्ने भन्दै थापा सबैभन्दा पहिले संसद्‌मा यो छलफलको विषय बनाइनुपर्ने बताउँछन्।एमसीसी संसद्‌को विषय भइसकेकाले यसबारे संसद्‌मै छलफल भएर निर्णय हुनुपर्ने प्रतिपक्षी एमालेका नेता नेम्बाङको पनि भनाई छ।“यो संसद्‌को बिजनेस भइसकेको कुरा हो। अब अहिले उहाँहरू हुनुहुन्छ। उहाँहरू संसदीय प्रणाली नै मान्नुहुन्छ क्यारे अहिले उहाँहरूको बहुमत छ यसलाई अघि बढाउन के ले रोक्यो?,” नेम्बाङले भने।कहिले गठबन्धन त कहिले कार्यदलका नाममा यो विषय सत्ता गठबन्धनले नै अलमलमा पारिरहेको प्रतिपक्षी एमालेको आरोप छ।सभामुखको भूमिकातर यथास्थितिमा एमसीसी अघि बढाउन माओवादी तयार नदेखिएको र माओवादीबाटै सभामुख बनेका अग्निप्रसाद सापकोटाले यसअघि राखेका भनाइले पनि एमसीसी संसदमा अघि बढाउन उनको सहयोग हुने कुरामा सन्देह पैदा भएको कांग्रेस नेताहरूले बताउने गरेका छन्।“सरकारले आफूले संसदभित्र प्रवेश गराउन चाहेको विषय पनि सभामुखले प्रवेश गराउने कि नगराउने भनेर त्यसमा आफ्नो स्वविवेकी अधिकार प्रयोग गर्ने कि नगर्ने भनेर जुन खालको परम्परा स्थापित गर्न कोसिस भयो वा हुँदै छ यसले संसदीय व्यवस्थाको मर्म नै मार्छ,” नेता थापा भन्छन्।सापकोटाले यसअघि साझा सहमति नबनेसम्म एमसीसी संसदबाट अघि बढाउन नहुने धारणा सार्वजनिक गरेका थिए। तर पछिल्लो समय उनले एमालेले जारी राखेको संसद् अवरोध खुला भए एमसीसी अघि बढ्न सक्ने बताउने गरेका छन्।“सरकारले पेस गरिसकेपछि त्यसलाई अघि बढाउने काम सभामुखले गर्नुपर्छ सभामुखको अधिकारको यो विषय नै होइन,” नेम्बाङ भन्छन्।“सरकारले पठायो भन्ने बित्तिकै जे जे माग्नुपर्नेछ सरकारसँग कागजपत्र मागेर सदनमा पेस गरेर त्यसलाई अघि बढाउने काम गर्नुपर्छ। सदनले पास गर्छ फेल गर्छ त्यो कुनै सभामुखको विषय होइन।”‘दलहरूका अध्ययन समितिमा अलमल नगरौँ’अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक खड्ग केसी पर्याप्त छलफल र अध्ययन नगरी एमसीसी सम्झौतामा हस्ताक्षर गरेका कारण अहिले समस्या आएको बताउँछन्।एमसीसीसँगै नेपालको अन्तर्राष्ट्रिय छवि समेत जोडिएका कारण यसबारे राष्ट्रिय सहमति र दलहरूको एउटै मत हुनुपर्ने उनी बताउँछन्।अझै पनि राष्ट्रिय सहमति निर्माणका लागि दलहरूका अध्ययन समितिमा अलमल गर्नु भन्दा स्वतन्त्र विज्ञहरूको समितिबाट अध्ययन गरिनु उचित हुने उनको धारणा छ।“राष्ट्रिय सहमति निर्माणको लागि पार्टीले बनाएको भन्दा पनि एउटा स्वतन्त्र समिति बनाएर त्यसका कुराहरूलाई एक पटक बहसमा ल्याएर अमेरिकासँग समय लिएर भए पनि संसद्‌बाटै पारित गर्नुपर्ने रहेछ भने पनि त्यसरी जानुपर्छ,” केसी भन्छन्।नेपालमा संविधान निर्माणदेखि धेरै विषयहरू संसद् बाहिर भएका छलफलका निर्णयबाट भएका कारणले गर्दा यो विषयमापनि संसद्‌मा पर्याप्त छलफल हुनेमा संशय रहेको केसी बताउँछन्। -बिबिसीबाट साभार

सर्वसम्मत नेतृत्वको प्रयासमा एमाले

नेकपा (एमाले) को महाधिवेशनको उद्घाटन सत्र शुक्रबार नारायणी नदी किनारमा सम्पन्न भएको छ भने बन्द सत्र सौराहामा चलिरहेको छ । यतिबेला नेताहरू नेतृत्वमा पुग्न होडबाजी गरिरहेका छन् । पार्टी फुटेपछि भएको सम्मेलनले पार्टी एकताको सन्देश पनि दिनु छ । त्यसैले सकेसम्म सहमतिमै नेतृत्व छान्न पार्टी कार्यकर्ताले माग गरेका छन् ।जारी बन्द सत्रमा नेकपा एमालेले पार्टीका […]

टिप्पणी: एमाले महाधिवेशन : प्रतिनिधिको विवेकमा बन्धन

नेकपा एमालेको जारी १०औं महाधिवेशन अन्तर्गत सर्वसम्मत नेतृत्व चयनमा सहमति नजुट्दा रस्साकस्सी भएको छ । शनिबार सुरु भएको बन्द सत्र अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयनको सम्पूर्ण अधिकार दिने भन्दै टुंगिए पनि आइतबार बिहानैदेखि नेताहरू सहमतिको प्रयासमा लागि परेका छन् ।

एमाले विवाद वारपारका लागि विधान संशोधन होला त अन्तिम च्याप्टर ?

एमालेको विवाद सल्टाउने प्रयासमा रहेका दोस्रो तहका नेताहरू समेत पार्टी विवाद नमिल्नेतिर जान थालेको बुझाइमा पुग्न थालेका छन् ।

पार्टी एकताको प्रयत्न जारी राख्न जुटे ओली र नेपाल पक्षका नेताहरू

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको फेरि पार्टी एकता प्रयासमा जुटेका छन्। शनिबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा पार्टी एकताको प्रयत्न जारी राख्ने विषयमा छलफल भएको नेता रघुजी पन्तले बताए। कार्यदल भंग भएपनि कार्यदलका साथीहरू पार्टी एकताका विषयमा अनौपचारिक छलफलमा रहेको भन्दै उनले भने,“पार्टी एकतालाई पूर्णता दिन छलफललाई निरन्तरता दिन्छौं।”