भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देशसभा

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देशसभा गर्दै छ। सातै प्रदेशमा सभा गरेको नेकपाले काठमाडौंमा अन्तिम पार्टी एकता सभा गर्दैछ। र यो सभासँगै उसले फागुन २१ गते हुने निर्वाचनको लागि पहिलो सभाको रुपमा पनि व्याख्या गरेको छ। सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधव कुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।