उत्पला क्याफेमा ‘थाकखोला डिनर बुफे’ को आयोजना

काठमाडौं । काठमाडौंको बौद्धस्थित आध्यात्मिक शान्तिको केन्द्रमा अवस्थित उत्पला क्याफेले भोली बिहीवार साँझ विशेष ‘थाकखोला थाकाली शाकाहारी शीतकालीन डिनर बुफे’ आयोजना गर्ने भएको छ । थाकखोला क्षेत्रको परम्परागत थाकाली खाद्य संस्कृतिमा आधारित यस बुफेमा धान, जौ, कोदो, दाल, सागसब्जी, अचार तथा मौसमी तरकारीलाई प्राथमिकता दिँदै करिब २५ प्रकारका शाकाहारी परिकार प्रस्तुत गरिने क्याफेले जनाएको छ […]