सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित जोखिमयुक्त बस्तीलाई पुरानै स्थानमा पुनर्निर्माण नगरी सुरक्षित क्षेत्रमा सुविधासम्पन्न नयाँ ‘टाउनसिप’का रूपमा विकास गर्ने योजना अघि सारेको छ। सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाउनुको सट्टा नजिकै सुरक्षित स्थान पहिचान गरी अस्पताल, विद्यालय र उद्योगलगायत आवश्यक पूर्वाधारसहित व्यवस्थित बस्ती विकास गर्ने योजना […]