साताका पाँचै दिन बढ्यो नेप्से, दसैँअघिको यस्तो सुधारले के संकेत गर्छ?

दसैँअघिको अन्तिम साता सेयर बजारका पाँचै कारोबार दिन नेप्से बढेको छ। अघिल्लो साताको अन्तिम कारोबारमा २,५९१.८० बिन्दुमा रहेको परिसूचक शुक्रबार २,६३४.१७ बिन्दुमा पुगेको हो। बन्द बिन्दुको तुलनामा साताभर ४२.३७ अंक अर्थात् करिब १.६३ प्रतिशत सुधार भएको छ। लगातार पाँच दिनको वृद्धिको मुख्य संकेत बजारमा तत्कालको बिक्री आपूर्तिलाई खरिद मागले सम्हालिरहेको छ भन्ने हो। बिदाअघि पनि […]