नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका रूपमा अनुभूति गर्न सक्ने वातावरण तयार गर्न  निर्देशन दिएका छन् । एकहत्तरौँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाद्वारा आयोजित कार्यक्रममा उनले प्रहरी र नागरिकबीचको सम्बन्ध विश्वास, सहकार्य र पारस्परिक सम्मानमा आधारित हुनुपर्ने बताए । नेपालको संविधान, प्रचलित कानुन र जनताको सेवाप्रति समर्पित रहँदै […]