रसुवाको भोटेकोशीमा आएको बाढीबाट घरपरिवार र व्यवसाय तथा प्रतिष्ठानमा ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको राष्ट्रिय योजना आयोगको प्रारम्भिक सर्वेक्षणले देखाएको छ। आयोगका अनुसार घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको हो। यो विवरण घरपरिवार र प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक नतिजा हो। […]