दरबन्दी संरचना त्रुटिपूर्ण र वैज्ञानिक आधारविहीन भएको भन्दै सरकारी प्रयोगशालाकर्मी संघले बुझायो ज्ञापनपत्र

'हाल कायम गरिएका दरबन्दी संख्या अस्पतालमा बढ्दो बिरामी चाप र आवश्यक सेवाको दायरा अनुसार वैज्ञानिक ढंगबाट निर्धारण गरिएको छैन,' ज्ञापनपत्र बुझाउँदै महासचिव खुमराज शर्माले भने,' मे.ल्या.टे. समूह अन्तर्गतका उपसमूह र विभिन्न पदहरुमा माथिल्लो तहमा पदोन्नति हुने संरचनाको अभावले कर्मचारीहरुको पेशागत विकासमा समेत बाधा पुगिरहेको  छ।'