काठमाडौँमा बिहानैदेखि वर्षा

काठमाडौँ । राजधानी काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । उनका अनुसार काठमाडौँमा विगत तीन घण्टामा ४६ मिलीमिटर वर्षा मापन गरिएको छ । बारामा सबैभन्दा बढी एक सय १२ मिलीमिटर वर्षा भएको छ । ‘अहिले काठमाडौँ उपत्यका […]

सम्बन्धित सामग्री

यस वर्ष हिउँदे वर्षा किन भएन ?

काठमाडौँमा फाट्टफुट्टै बाहेक हिउँदे वर्षा भएन। काठमाडौँ भन्दा पश्चिमी क्षेत्र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भने हिउँदे वर्षा भएको तर समग्रमा यस वर्ष हिउँदे वर्षा पर्याप्त भएन – मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।...

काठमाडौँमा वर्षा, आज चिसो महसुस

काठमाडौँ : पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकालगायत केही क्षेत्रमा छिटफुट वर्षा भएको छ। केही अघि काठमाडौँ उपत्यकामा पनि छिटफुट वर्षा भएको हो।पछिल्लो चौविस घण्टामा ठाउँठाउँमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार उच्च पहाडी तथा हिमालीमा हिमपात भइरहेको छ भने पश्चिमदेखि काठमाडौँसम्मका क्षेत्रमा मौसम बदली भएको छ।  उनका अनुसार डडेलधुरामा ३२.८ मिलिमिटर वर्षा भएको छ। कालिकोटमा २४.६, डोटी २३, दैलेख

लामो समयपछि काठमाडौँमा वर्षा

काठमाडौँ । काठमाडौँमा आइतबार दिउँसो  हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानै पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो ।  मौसमविद् शान्ति कँडेलका अनुसार लामो समय निरन्तर वर्षा नभएर

काठमाडौँमा बिहानैदेखि वर्षा, भोलिदेखि मनसुन सक्रिय हुने

काठमाडौँ – तापक्रम लगातार बढिरहेका बेला सोमबार बिहान काठमाडौँमा वर्षा भएको छ। जसकारण ‘हल्का राहत’ महसुस भएको छ।उपत्यकामा आइतबार अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको थियो। तर, मनसुनको न्युन चापिय रेखा हाल पनि सरदर स्थानभन्दा दक्षिण तिर रहेकाले मनसुन सक्रिय हुन नसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिए। आज दिउँसो पहाडी भूभागका थोरै […]

काठमाडौँमा बिहानैबाट वर्षा, सुदूरपश्चिम र कर्णालीमा के छ मनसुनी प्रभाव ?

काठमाडौँ । काठमाडौँमा आज बिहानैबाट वर्षा भइरहेको छ । दिउँसो केही समय वर्षा रोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि, अपराह्न काठमाडौंमा पुनः वर्षा हुनेछ । मौसमविद् हिरा भट्टराईका अनुसार काठमाडौँका हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश-१ का केही स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशमा पनि केही […]

काठमाडौँमा १०.७ मिलिमिटर वर्षा

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको छ । उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाडौँका डाँडामा पनि हिउँ परेको छ । बुधबार बिहान काठमाडौँमा १०.७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । काठमाडौँमा मंगलबार वर्षा भएको थिएन ।कीर्तिपुर ११.४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले पनि काठमाडौँमा फाट्टफुट्ट वर्षा भइरहेको छ । महाशाखाको ताजा विवरण अनुसार दिपालयमा १२, डडेलधुरामा १२.२ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ५, ने

वर्षा भएपछि यस्तो देखियो काठमाडौँ (फोटोफिचर)

बुधबार बिहानैबाट काठमाडौँलगायत देशका अधिकांश ठाउँमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहानसम्म वर्षा हुने सम्भावना रहेको छ । काठमाडौँमा आज दिउँसो केहीबेर रोकिएर फेरि वर्षा हुने सम्भावना छ।वर्षा भएसँगै काठमाडौँ चिसो पनि बढेको छ । वर्षाका कारण विद्युत् सेवा अवरुद्ध भएपछि  जनजीवन प्रभावित भएको छ । काठमाडौँमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ ।

काठमाडौँमा गए रातिदेखि वर्षा

काठमाडौँ । काठमाडौँमा गए रातिदेखि वर्षा भएको छ। साथै मुलुकका अधिकांश स्थानमा बुधबार बिहानदेखि वर्षा भइरहेको छ। देशभर नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले हल्कादेखि मध्यम वर्षा भएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी भूभागमा वर्षा र हिमाली भेगमा हिमपात भएको छ। मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौँसहित देशभर वर्षा भइरहेको छ। बिहीबार बिहानसम्म वर्षा […]

किन भयो काठमाडौँमा भारी वर्षा ?

काठमाडौँ – काठमाडौँ उपत्यका र आसपासको क्षेत्रसहित बागमती प्रदेशका केही क्षेत्रमा आइतबार रातिदेखि नै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको पूर्वानुमान महाशाखाका अनुसार राति र सोमबार बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्र तथा बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भएको छ । मौसमविद् मीनकुमार अर्यालले […]

काठमाडौँमा यो वर्षकै ठूलो वर्षा, ३८५ घरमा डुबान (भिडियोसहित)

काठमाडौँ– काठमाडौँ उपत्यकामा यो वर्षकै ठूलो वर्षा भएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौँ उपत्यका चार घण्टामा नै यो वर्षकै धेरै वर्षा भएको छ । बिहान ६ बजेको मापनमा काठमाडौँमा १०५ मिलिमिटर वर्षा भएको छ । भक्तपुरको नगरकोटमा ४१ मिलिमिटर वर्षा भएको छ । राति २ बजेदेखि बिहान ६ बजेसम्म परेको ‘अति भारी’ वर्षाले […]