श्रीलंका संकट : मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं : श्रीलंकामा सबै मन्त्रीले राजीनामा दिएका छन्।  आर्थिक संकटले गुज्रिरहेको श्रीलंकामा राजनीतिक उथलपुथल तीव्र बनेको हो। आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका हुन्। श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए। तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन्।श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल र