दैलेखमा कस्ले मार्ला बाजी? यस्तो छ अंकगणित

आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मिति नजिकिँदै गर्दा दैलेखमा चुनावी प्रचार अभियान तीव्र बन्दै गएको छ। अहिले दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभामा आफू जित्ने दाबी गर्दै वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँगै, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति, विवेकशील पार्टीलगायतका नौवटा दल घरदैलो अभियानमा जुटेका छन्।