सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

काठमाडौं :  नेकपा माओवादी केन्द्रले आज दिउँसो एक बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ।पछिल्लो राजनीतिक घटनाबारे छलफल गर्न बैठक बोलाइएको हो। ओली सरकार ढालेर नयाँ सरकार गठनको प्रयासमा रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र जसपासँग पनि छलफल गरेका छन्। यी दुई पार्टीबीच आइतबार भएको छलफलका बारेमा स्थायी कमिटीमा प्रचण्डले ब्रिफिङ गर्ने छन्।  यस्तै आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने बताइएको छ। कर्णाली प्रदेश सरकार टिकाउन नेकपा एमालेका म

सम्बन्धित सामग्री

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी

काठमाडौँ,११ पुष । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडा, कोटेश्वरमा सोमबार बिहान पदाधिकारी बैठक बस्दै । तस्बिर : प्रदीप वन्त/रासस

सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि बस्दै

८ पुस, काठमाडौं । सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेपछि बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने छन् । बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष पद बाँडफाँटका बारेमा निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।

पदाधिकारीको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दै छ । पदाधिकारीलाई पूर्णता दिन बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारको बैठक विनानिष्कर्ष टुंगिएको थियो । महाधिवेशन भएको लामो […]

माओवादी केन्द्र र कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं, फागुन ४ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्ने भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा अहिले बिहान १० बजे बस्ने तय भएको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । प्रतिनिधिसभा बैठकअघि (माओवादी केन्द्र)ले बैठक बस्न लागेको हो । आजै नेपाली कांग्रेसले समेत संसदीय दलको बैठक बस्न लागेको छ । आज दिउँसो १ […]

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुन लागेको उनले बताए । बैठकमा संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […]

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं : माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ।  आज विहान १० बजे बस्ने बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने उनले बताए।  प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक  विहान साढे ११ बजे बोलाइएको छ।मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्न आग्रह गरेको छ। उसले एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ।

माओवादी स्थायी कमिटीको बैठक आज पनि बस्दै

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्दै छ। कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

मन्त्री कसलाई बनाउने भन्नेबारे टुँगो लगाउन नेकपा (माओवादी केन्द्र) को बैठक बस्दै

काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । अहिले केहीबेरमा बस्ने बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्ने भएको छ । यसअघि पनि मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो । तर, दाहालले पनि अहिलेसम्म सरकारमा क–कसलाई पठाउने भन्नेबारे नाम तय गरिसकेका छैनन् । केही पहिले एक […]

माओवादी स्थायी समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने

काठमाडाैं। नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय र सत्ता समीकरणबारे छलफल हुने बताइएको छ। २३ फागुनमा सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युतिएपछि ओली नेतृत्वको सरकार परिवर्तन गर्न खोजिरहेको छ। यद्यपि नयाँ सरकार गठनको टुंगो नलाग्दा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन।