काठमाडौं– राजावादी आन्दोलनकारी समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि आगजनी गरेका छन् । आन्दोलनकारी समूहले विमानस्थलको नजिकै रहेको नेपाल आयल निगमको डिपो नजिकै आगजनी गरेका हुन् । निगमको डिपो सुरक्षित रहेको तर, दमकल भने सतर्क अवस्थामा राखिएको डिपोका अधिकारीले जनाएका छन् ।
काठमाडौं– कोटेश्वरमा रहेको जडीबुटी उद्योगमा राजावादी आन्दोलनकारीले आगो लगाएका छन् । बिहानैदेखि अराजक बन्दै गएका राजावादी आन्दोलनकारीहरूले जडीबुटी उद्योगमा पनि आगजनी गरेका हुन् । राजावादी आन्दोलनकारीले गरेको आगजनीबाट उद्योग परिसरमा रहेका आधा दर्जन बढी सवारी साधन जलेका छन् । उद्योगमा लागेको आगलागी अहिलेसम्म नियन्त्रणमा आइसकेको छैन ।
काठमाडौं– सरकारले राजावादीहरूका कारण तनावग्रस्त काठमाडौंको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ । राजावादीको आन्दोलन हिंसात्मक बनेपछि तीनकुनेसहितका क्षेत्रमा सरकारले सेना खटाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालयले तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा कर्फ्यू लगाएको थियो । कर्फ्यू लगाइएपछि नेपाली सेना बख्तरबन्द गाडीसहित तीनकुने क्षेत्रमा देखिएको हो । स्थानीय प्रशासनले शुक्रवार अपराह्न ४ :२५ बजेदेखि […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरुको संज्ञा दिनुभएको छ । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिकजस्तो बनेको टिप्पणी गर्नुभयो । उहाँले घरमा आगो र प्रहरमिाथि समेत ढुंगा प्रहार गरेकोप्रति आपत्ति जनाउँदै एकरदुई मान्छे मारेर देशभर आतंक […]