प्रदेश–१ मा राईको नेतृत्वमा ६ सदस्यीय मन्त्रिमण्डल गठन

विराटनगर-प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई तथा अन्य मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराए । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो । […]