कायममुकायम प्रधानन्यायाधीश कार्कीले बोलाए न्यायपरिषदको बैठक

काठमाडौँ – न्यायपरिषदको बैठक बस्ने तयारी भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषदको बैठक बोलाएका हुन् । बुधबार बस्ने तयारी भएको बैठकमा विशेष अदालत र राजश्व न्यायाधीकरणमा अध्यक्ष सिफारिस गर्ने तयारी छ। दुवै निकायमा ६ महिनादेखि प्रमुख रिक्त छन् । कार्की कायममुकायम भएपछि पहिलोपटक परिषदको बैठक बस्न लागेको हो।