मौद्रिक नीतिको प्रभाव : नेप्सेमा ८० अंक माथिको पहिरो

आइतबार सेयर बजार परिसूचक नेप्सेमा ८० अंक माथिको पहिरो गएको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा गरेसँगै लगानीकर्ताहरु बिच्किँदा त्यसको प्रभाव आइतबारको सेयर बजारमा परेको हो । यसदिन नेप्से परिसूचक ८०.२९ अंकले घट्दै २६ सय ५१.४९ विन्दुमा झर्न पुगेको छ भने आज सबैजसो उपसमूहहरु ऋणात्मक हुँदा बजार नै राताम्मे देखिएको छ ।अघिल्लो हप्ता यस्तो सूचक ३.२२ अंकले घट्दै २७ सय ३१.७८ विन्दुमा अडिएको थियो । मौद्रिक नीतिको समीक्षा, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीडी र

सम्बन्धित सामग्री

कर्जा बढाउने गरी मौद्रिक नीति समीक्षा : गभर्नर

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको बताएका छन् । आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले कर्जा विस्तारमा सहज हुने र पुराना असल ऋणीलाई […]

सेयर बजारमा ४४ अंकको करेक्सन, टिकेन मौद्रिक नीतिको प्रभाव

मौद्रिक नीति जारी भएपछि दुई दिन उच्च अंकले बढेको बजारमा मंगलबार करेक्सन आएको छ। नेप्से परिसूचक ४४.८० अंकले घटेर दुई हजार ८८.१६ विन्दुमा आइपुगेको हो। त्यस्तै, ‘क’ वर्गका कम्पनीहरुको कारोबार...

मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्रमा मिश्रित प्रभाव – परिसंघ

नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले अर्थतन्त्रमा मिश्रित प्रभाव पार्ने नेपाल उद्योग परिसंघले जनाएको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षाको प्रतिक्रिया दिँदै परिसंघले यस्तो बताएको हो ।समीक्षामार्फत केन्द्रीय बैंकले उत्पादनशील क्षेत्रतर्फ प्रवाह हुने कर्जामा अन्य क्षेत्रको तुलनामा कम ब्याजदर कायम गर्ने नीति स्वागतयोग्य रहेको परिसंघले विज्ञप्तिमार्फत बताएको छ । यस्तै, आगामी त्रैमासबाट कुनै एक क्षेत्रमा नमुनाका रूपमा कार्यान्वयन गर्ने निर्णयले उद्योग क्षेत्

समाजवादी झुकावको मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले साउन १२ गते जारी गरेको आव २०६७/६८ को मौद्रिक नीति कडा र समाजवादी झुकावको देखिएको छ । बैंकले अघिल्ला वर्षका नीतिहरूसँग समन्वय गरेर सन्तुलित र केही नरम मौद्रिक नीति ल्याउने बताउँदै आएको थियो । बैंकिङ प्रणालीको लगानी क्षमतामा प्रत्यक्ष प्रभाव पार्ने बैंक दर तथा वैधानिक तरलता अनुपात वृद्धिका साथै अन्य नियन्त्रणकारी प्रावधानहरू राखिनुले यो नीतिलाई कडा बनाएको विज्ञहरूको भनाइ छ । सन् १९९० बाट आर्थिक उदारवादको शुरुवात भएपछि बिस्तारै विस्थापन गरिएका प्राथमिकता क्षेत्र कर्जा, विपन्न वर्ग कर्जा जस्ता कार्यक्रमलाई पुनः कडाइका साथ लागु गर्न खोजिएको छ । यसबाट पनि नीतिमा समाजवादी झुकाव देखिएको हो । ऋण तथा बचत सहकारीले वित्तीय प्रगाढीकरणमा पु¥याएको योगदानलाई राष्ट्र बैंकले पहिलोपटक मौद्रिक नीतिमार्फत नै प्रशंसा गरेको छ । त्यसैगरी बैंक तथा वित्तीय संंस्थाहरूले लागू गर्दै आएका कतिपय व्यावहारिक नीतिलाई समेत उपभोक्ता हित संरक्षणको नाममा राष्ट्र बैंकले हस्तक्षेप र नियन्त्रण गर्न सक्ने व्यवस्था गरिएको छ । यो नीति स्वतन्त्र बजार अर्थव्यवस्थाको सिद्धान्तविपरीत र राज्य नियन्त्रणमुखी अर्थतन्त्र उन्मुख देखिएको छ । अहिले ६.५ प्रतिशत कायम रहेको बैंक दर बढाएर ७ प्रतिशत पुर्‍याउने कुरा पनि यसमा उल्लेख छ । उसले बैंक तथा वित्तीय संस्थाहरूसँग लगानी गर्ने रकमको अभाव भएको बेलामा राष्ट्र बैंकसँग उनीहरूले लिने सापटी महँगो बनाउँछ । वर्ष ५, अंक ४८, २०६७, साउन १७–२३

स्वास्थ्य क्षेत्रमा मौद्रिक नीतिको प्रभाव

सिंगो देश विगत केही समययता चरणबद्ध रूपमा देखा परेको कोभिड–१९ महामारीको चरम संकटबाट गुज्रिरहेको छ । महामारीबाट मानव जीवन र आर्थिक गतिविधि प्रभावित भइरहेको परिवेशमा केही दिनअघि नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८-७९ को मौद्रिक नीति जारी गरेको छ । मौद्रिक नीति सार्वजनिक भएसँगै यसलाई लिएर विभिन्न समीक्षा र टीका–टिप्पणीहरू सार्वजनिक भइरहेका छन् । स्वास्थ्य […]

मौद्रिक नीति सकारात्मक र सन्तुलित : सिबिफिन

काठमाडौं (अस) । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको मौद्रिक नीतिबारे बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सकारात्मक प्रतिक्रिया दिएको छ । कोभिड–१९ को संक्रमण र बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिबाट सृजित समस्याको न्यूनीकरण, जनअपेक्षाको सम्बोधन र विषम परिस्थितिबाट संकुचित आम व्यवसाय तथा अर्थतन्त्रलाई गतिशील बनाउन सघाउनेगरी मौद्रिक नीति आएको सिबिफिनले बताएको हो । समग्रमा अर्थतन्त्रलाई कोभिडपूर्वकै लयमा फर्काउन महŒवपूर्ण ठानिएको मौद्रिक नीति सकारात्मक र सन्तुलित रहेको संस्थाको ठहर छ । ‘जारी मौद्रिक नीतिले विगत र वर्तमानका आन्तरिक एवं बाह्य आर्थिक सूचक एवं परिदृश्यहरूलाई दृष्टिगत गर्दै मुलुकको वर्तमान विषम परिस्थितिका आवश्यकतामाथि केन्द्रित भई अवलम्बन गरेका कार्यदिशा र नीतिहरूले विगतमा जस्तै सुखद र सकारात्मक परिणाम दिनेमा सिबिफिन विश्वस्त छ,’ संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मौद्रिक नीति निर्माणका क्रममा सरोकारवाला पक्षहरूबाट प्राप्त भएका सुझावहरूको सम्बोधनले पनि नीति निर्माणमा सहभागितामूलक दृष्टिकोण अपनाइएको विषयलाई प्रमाणित गरेको सिबिफिनले बताएको छ । कोरोना प्रभावित उद्योग/व्यवसायको सम्बोधन, आर्थिक वृद्धि, मुद्रास्फीति, मूल्य स्थिरता, बजार व्यवस्थापन, वित्तीय स्थायित्व, आधुनिक भुक्तानी प्रणाली, आर्थिक लक्ष्य प्राप्ति जस्ता विषयहरूमा समेत मौद्रिक नीतिले स्पष्ट व्यवस्था गर्दै सकारात्मक सन्देश दिएको भन्दै सिबिफिनले बैंक तथा वित्तीय क्षेत्रको व्यवस्थापन र सुधारका निम्ति अपनाइएका कतिपय व्यवस्थाले भने बैंकिङ क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित बन्ने देखिएको औंल्याएको छ । यस्तै सीसीडी रेशियोको खारेजीसहित सीडी रेशियो ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्थाले तरलता अभाव हुने, कर्जा प्रवाहमा चाप पर्ने र ब्याजदरमा समेत प्रभाव पर्ने संकेत गरेको विज्ञप्तिमा उल्लेख छ । साथै मार्जिन लेण्डिङको परिभाषामा रहेको अस्पष्टताले समग्रमा आर्थिक, औद्योगिक, नयाँ उद्यमशीलता र उत्पादनमुखी अर्थतन्त्रको विकास एवं विस्तारमा संकुचन ल्याउन सक्ने सिबिफिनको ठहर छ । यस्ता विषयमा राष्ट्र बैंकले सहभागितामूलक छलफल र वस्तुनिष्ट मूल्यांकन गर्दै एकीकृत निर्देशनमार्फत समयसापेक्ष रूपमा सम्बोधन र सुधार गरी ल्याउने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मौद्रिक नीति सकारात्मक : नाडा

नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सकारात्मक रहेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले प्रतिक्रिया दिएको छ । अध्यक्ष कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिको समग्र रूपमा मूल्याङ्कन गर्दा देशको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने स्पष्ट रूपमा देखिएको बताएका हुन् ।मौद्रिक नीतिमा विद्युतीय सवारी साधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमा यथावत् कायम राख्दै यस्ता सवारी साधनको लागि आवश्यक चार्जिङ स्टेशन स्थापनाको लागि प्रवाह हुने

सकारात्मक प्रभाव पार्ने मौद्रिक नीति : महासंघ

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ मौद्रिक नीतिले कोभिडपछिको पुनरूत्थान, उद्यमशीलता विकास र साना तथा मझौला उद्यमको प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने देखिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । मौद्रिक नीतिले आव २०७७/७८ मा दिएका पुनर्कर्जा, पुनर्संरचना तथा पुनर्तालिकीकरण लगायतका कतिपय सुुविधालाई नै निरन्तरता दिइएकाले पुनरूत्थानमा सहयोग पुुग्ने भन्दै महासंघले एक करोडभन्दा […]

चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि मौद्रिक नीति अझै अन्योल

नेपाल राष्ट्र बैंकले विगतमा साउन पहिलो साता सार्वजनिक गथ्र्यो, मौद्रिक नीति । चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि कुनै छाँटकाँट छैन। नीति ल्याउने तयारी भइरहँदा अर्थमन्त्री परिवर्तन भए। त्यसपछि बजेट संशोधन गर्ने भनिएकाले ढिलाइ भएको हो।राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बजेटले के–के अंकले मौद्रिक नीतिलाई प्रत्यक्ष प्रभाव पार्छ भनेर हेर्न जरुरी रहेको बताउँछन्। ‘विशेष गरेर  आर्थिक वृद्धिको लक्ष्य, मुद्रास्फीति (मूल्यवृद्धि) कति तय गर्छ भनेर ध्यान दिनुपर्छ’,