डिभी २०२६ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गरेका छन् । पहिलो महिना ६ हजार सम्म केस नम्बर हुने २०२६ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य भएकोमा नोभेम्बरर डिसेम्बर हुँदै जनवरीका लागि पनि सोही सिमाबन्दी नै कायम गरिएको थियो । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार जनवरीका […]
अमेरिकी सरकारले राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेदेखि ५० हजार कर्मचारीहरू नियुक्त गरेको छ । नयाँ कर्मचारीहरू प्रशासनको नीतिगत प्राथमिकता झल्किने गरी ठूलो संख्यामा राष्ट्रिय सुरक्षा पदहरूमा भर्ना भएका छन्। संघीय सरकारका मानव संसाधन निर्देशक स्कट कुपोरले दिएको जानकारीअनुसार नयाँ भर्ना गरिएकामध्ये अधिकांश कर्मचारीहरू आइसमा कार्यरत छन्। कर्मचारीमा गरिएको यो परिवर्तन ट्रम्पको सरकारलाई नयाँ रूप दिन […]
अमेरिकी सरकारको विदेश मन्त्रालयबाट जारी डिसेम्बरको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित पहिलो श्रेणीको ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ। डिसेम्बर महिनामा पनि अमेरिकाभित्रै रहेकाहरूको हकमा पहिलो श्रेणीको आवेदन आई १४० सँगै ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिने भएको छ भने अमेरिकाबाहिर रहेकाहरूले भिसा करेन्ट रहेसम्म कुर्नु पर्दैन। यद्यपि […]
गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने भएको छ। पालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिकाले ‘मासुजन्य उत्पादनका आधारमा नगद अनुदान कार्यक्रम’ संचालन गर्न लागेको हो। कृषकहरुलाई प्रोत्साहन गरी पालिकामा उत्पादित मासु बाहिर निर्यात गर्ने उद्देश्यसहित उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालन गर्न लागिएको पालिकाको पशु शाखाका हर्कबहादुर कार्की बताए। […]
डिसेम्बरमा पनि परिवारमा आधारित ग्रिनकार्डको प्राय सबै श्रेणीमा अमेरिकाभित्र हुनेले ग्रिनकार्ड आवेदन फाइल गर्ने र बाहिर हुनेले भिसा पाउने मितिमा स्थीरता कायम भएको छ । ग्रिनकार्डवाहकका अमेरिकाभित्रै हुने दम्पत्ति र २१ बर्ष अगाडिका बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा एकमहिनाको अग्रता आएपनि अरु सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने मिति टसमस भएको छैन । अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा […]
रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन्। भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा उनले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिए। अध्यक्ष यादवले हाल सुरक्षाको वातावरणका बारेमा धेरैको चिन्ता र चासो रहेको भन्दै सरकारले सम्बोधन गर्नुपर्ने बताए। ‘यो सरकारको दायित्व नै निर्वाचन गराउने हो। जनतालाई सुरक्षा […]