धनुषामा बढ्दै बाल विवाह

जनकपुरधाम : धनुषामा बाल विवाह बढ्दै गएको छ। धनुषा प्रहरीले ४५ दिनमा ९ वटा बालविवाह रोकेको छ। बालविवाह रोक्न प्रहरीले जिल्लामा अभियान नै चलाएको छ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१० स्थित लक्की ठाकुरको घरमा जन्तीलाई आइतबार साँझ भव्य स्वागत गर्ने तयारी हुँदै थियो। घरमा कोही टेण्ट सजाउँदै थिए भने कोही पाहुनाको स्वागतमा जुटेका थिए। त्यहाँ एक्कासी प्रहरी टोली पुगेपछि उत्साहको माहोलमा सन्नाटा छायो।बेहुला–बेहुलीको विवाह गर्ने उमेर नपुगेको भन्दै जिल्ला प्रहरी कार्यालय र इला