८ वटा कोरोना खोप भण्डारण गृह बनाउँदै सरकार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि सहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक/एक वटा तथा एउटा केन्द्रीय स्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो।

सम्बन्धित सामग्री

खोप भण्डार गृह निर्माणको थालनी

सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस क्रममा देशभर आठवटा खोप भण्डार गृह आगामी दुई महिनामै तयार हुनेछन् । पूर्वाधार विस्तारको काम थालनी नै भइसकेको छ । खोप भण्डारण क्षमता वृद्धि गर्न सरकारले आठवटा खोप भण्डार गृह स्थापना थालेको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार केन्द्रीय स्तरको एक र सातवटै प्रदेशमा एक–एकवटा खोप भण्डार गृह स्थापना कार्य अगाडि बढाइएको हो । मन्त्रालयको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलले सबै नेपालीलाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोप उपलब्ध गराउन खोपको सुरक्षित एवं उचित व्यवस्थापन गर्ने उद्देश्यले भण्डारण बनाउन थालिएको जानकारी दिनुभयो । केन्द्रसहित सातवटै प्रदेशमा खोप भण्डार गृह स्थापना गर्ने काम सुरु भइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, “अबको दुई महिनाभित्र भण्डारण केन्द्र स्थापना कार्य सम्पन्न हुनेछन् ।” एउटा केन्द्रको निर्माण लागत एक करोड २० लाख रुपियाँ लागत पर्ने गरी कुल लागत नौ करोड ६० लाख रुपियाँमा केन्द्र स्थापना हुन लागेको उहाँले जानकारी दिनुभयो । तत्कालका लागि कोरोना खोप भण्डारण गरी सबै क्षेत्रमा सहज वितरण गर्ने लक्ष्य सरकारको भए पनि यी केन्द्र पछि अन्य खोप भण्डारणमा प्रयोग हुनेछन् ।

देशका आठ स्थानमा कोरोना खोप भण्डारण गृह बनाउँदै सरकार

सरकारले देशका विभिन्न आठ स्थानमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक/एक वटा तथा एउटा केन्द्रीयस्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो।

आठवटा कोरोना खोप भडारण गृह बनाउँदै सरकार

काठमाडौं । सरकारले देशका विभिन्न आठ स्थानमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक/एक वटा तथा एउटा केन्द्रीय स्तरमा भण्डारण गृह निर्माणको...

चार चरणमा खोप लगाउने तयारी, उपचारमा खटिने पहिलो प्राथमिकतामा

नेपालमा खोप आएपछि चार चरणमा खोप लगाउने सरकारी तयारी छ । देशले धान्न सक्ने खोप आएपछि कसरी र कुन समूहलाई लगाउने भनेर छलफल थालेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । नेपालमा खोप ल्याउन तेस्रो चरणको प्रकृया पूरा गर्ने कम्पनीहरुलाई पत्राचार गरिएको छ । ‘अब छिटोभन्दा छिटो खोप ल्याउन पहल गरिरहेका छांै’ गौतमले भन्नुभयो । ‘त्यसका लागि हामीले खोप कसरी र कसलाई दिने भनेर छलफल सुरु गरेका छांै’ उहाँले थप्नुभयो । उहाँका अनुसार सुरुमा तीन प्रतिशत, करिब नौ लाखलाई पहिलो चरणमा खोप लगाइने छ । पहिलो चरणमा कोरोना विरुद्धको अभियान अन्तरगतको उपचार, व्यवस्थापनमा खटिने नौ लाखलाई खोप लगाउने अन्तिम तयारीमा रहेको डा. शर्माले भन्नुभयो । उहाँका अनुसार दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय लागेको छ । ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई खोप लगाउने तयारी सरकारी निकायको छ । ५५ वर्षभन्दा माथिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुको संख्या ६० लाखभन्दा माथिको रहेको अनुमान गरिएको र त्यसको तयारीमा लागेको डा. शर्माले भन्नुभयो । तेस्रो चरणमा ४० वर्षदेखि ५५ वर्षसम्मका मानिसहरुलाई लगाउने तयारी रहेको छ । त्यस्तै अन्तिम चरणमा १५ वर्षदेखि ३९ वर्षसम्मको नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय छ । १५ वर्षभन्दा मुनीका बालबालिकाहरुलाई खोप लगाईंदैन । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, समुदायमा तथ्याङ्ग संकलनको काम गरिरहेको डा. शर्माले भन्नुभयो । अहिले भारतमा बेलायतसँग मिलेर एउटा कम्पनी र भारत एक्लैले एउटा कम्पनीसँग मिलेर कोरोनाको खोप बनाउँदै छ । यो खोपले समेत तेस्रो चरण पार गरेका छन् । चीनका चारवटा कम्पनीहरुले खोप बनाइरहेका छन् । अहिलेको अवस्थामा भारत र चीनमा बनेका खोपहरु मार्च–अप्रिलसम्म आइपुग्न सक्ने सम्भावनामा मन्त्रालयले हेरेर बसेको छ । खोप महाशाखाले नेपालमा खोप भण्डारण गर्नको लागि त्रिभुवन विमानस्थलमा रहेको कोल्ड चेनलाई प्रयोग गर्ने तयारी छ । नेपालका सबै जिल्ला तथा स्वास्थ्य केन्द्रहरुमा समेत फ्रिज रहेकोमा त्यसलाई प्रयोग गर्न सक्नेगरि खोप ल्याउने तयारीमा सरकारी संयन्त्र लागेको छ । नेपाललाई भारत र चीनमा बनेका खोपहरु उपयुक्र्त हुने भएकाले त्यसमै जोड दिन आवश्यक रहेको माइक्रोबायोलोजिष्ट तथा खोपबारे अध्ययन गरिरहनु भएका डा. प्रकाश घिमिरे बताउनुहुन्छ । ‘खोप सुरक्षित र प्रभावकारी हुनुपर्ने, खोपको पर्याप्त उपलब्धता हुनुपर्ने नेपालका लागि उपयुक्त कोल्ड चेन भण्डारणको र कम लागतको खोप नेपालले पर्खिरहेको छ’ डा. घिमिरेले भन्नुभयो । नेपालमा यसअघि प्रयोग भैरहेका खोपहरु दुई देखि आठ डिग्रीमा भण्डारण हुँदै आएकोमा माइनस २० डिग्री तापक्रमसम्ममा खोप भण्डारण गर्न मिल्ने कोल्ड चेनको भौतिक संरचना बढाउने तयारी तीब्र पारिएको डा. शर्माले भन्नुभयो । नेपाल सरकारले नेपालीले किन्न सक्ने, भण्डारण गर्न सक्ने खालको खोप दिन अनुरोध समेत गरेको छ । नेपालले कोरोनाविरुद्धको खोप खरिदको लागि ४९ अर्ब रकम छुट्याएको छ । नेपालको भौगोलिक अवस्था सुहाउँदो र नेपालको आर्थिक भारले धान्न सक्ने खालको खोप आएपछि नेपालमा खोप भित्रने डा. प्रकाश घिमिरे घिमिरेले भन्नुभयो । नेपालमा भारत र चीनमा बनेका र अरु देशमा बनेका दुईदेखि आठ डिग्री सेल्सियसको खोप राम्रो हुने भएकाले नेपालमा सोही खोपको कुरा भैरहेको हुन सक्ने उहाँले बताउनुभयो । नेपालले कुरा गरिरहेको भन्ने सुनेकाले तीन महिनाभित्र खोप आउन सक्ने उहाँले स्पष्ट पार्नुभयो । नेपालको लागि सुहाउँदो खोपले लाइसेन्स पाउने बित्तिकै नेपालमा कोरोना खोप भित्रिने स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।