व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने माओवादीको निर्णय, चार नेताको असहमति

काठमाण्डाै - नेकपा माओवादी केन्द्रले ‘व्याख्यात्मक टिप्पणी’ सहित संसदबाट एमसीसी पारित गर्ने निर्णय गरेको छ । बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले यो निर्णय गरेको हो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा समर्थन नजनाउँदा सत्ता गठबन्धन नै टुट्ने भएकाले व्याख्यात्मक टिप्पणी गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको थियो । एमसीसीमा रहेको विवादित विषयमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने र गठबन्धन जोगाउने निर्णय भएको हो । यो निर्णयमा चार नेताले भने असहमति जनाएका छन् । नारायणकाजी ...

सम्बन्धित सामग्री

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

आइतबार बिहान प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले एमसीसी पास गर्न निर्णय गरेको छ । माओवादी केन्द्रको यो निर्णयसँगै संसदमा टेबल भएको एमसीसी पारित हुने सम्भावना बढेको छ ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले व्याख्यात्मक विश्लेषणसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)लाई पारित गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले सो निर्णय गरेको हो । माओवादी केन्द्रका एक नेताले एमसीसीमा रहेको विवादित विषयमा ब्याख्यात्मक विश्लेषणसहित पारित गर्ने निर्णय भएको रातोपाटीलाई जानकारी दिए । सत्ता गठबन्धनमा एमसीसी बारेको विवादित बुँदामा ब्याख्यात्मक विश्लेषण भएको छ । सो बुँदा माओवादीले पनि अनुमोदन गरेसँगै अब गठबन्धनमा

एकलौटी ढंगले एमसीसी अगाडि बढाए विपक्षमा मतदान गर्ने माओवादीको निर्णय

अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितिमा अगाडि बढाएमा विपक्षमा उभिने निर्णय माओवादीले गरेको छ । सिंहदरबारमा बुधवार बसेको माओवादी संसदीय दलको बैठकले राष्ट्रिय हितविपरीतका प्रवधान कायम राखेर एमसीसी पारित गर्न नसकिने निर्णय गरेको हो । 'राष्ट्रिय हितविपरीतका प्रावधान संशोधन नगरी यथास्थितिमा पास गर्न सकिन्न, एमसीसीलाई जबरजस्ती अगाडि बढाए विपक्षमा मतदान गर्ने निर्णय भएको छ,' बैठकबाट बाहिरिने क्रममा माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने । सहमति र संशोधनविना एमसीसी अगाडि बढाए गठबन्धन समेत त...

एमसीसी संसदबाट पारित गर्न सकिन्न, यो नै माओवादीको निर्णय हो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगको एमसीसी सम्झौता यथास्थितिमा संसदबाट पारित गर्न नसकिने बताएका छन् । एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विरोधाभाष देखिएका बेला नेता श्रेष्ठले यथास्थितिमा एमसीसी पारित नगर्ने माओवादीको आधिकारिक धारणा र निर्णय रहेको बताएका छन् । श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरू नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्...