परमादेश जारी गर्ने पाँचैजनाले राजीनामा दिँदा उपयुक्त हुन्छ : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचैजना न्यायाधीश राजीनामा दिँदा उपयुक्त भएको बताएका छन्। मंगलबार देशभरका स्थानीय तहका एमाले कमिटीको अधिवेशनको उद्घाटन गर्दै ओलीले परमादेश एकजनाले मात्र नभई पाँचजनाले गरेकाले उनीहरू सबैले राजीनामा दिँदा उपयुक्त हुने टिप्पणी गरेका हुन्।‘सर्वोच्च अदालतमा आफैं तमासा देखिएको छ। न्यायाधीशहरू कसले के के गर्‍यो भनेर उधिन्न थालेका छन्। उधिन्दै जाँदा केके कुरा निक्लिन थालेको छ‚’ अध्यक्ष ओलीले भने&sbquo

सम्बन्धित सामग्री

संसद् पुनस्र्थापना गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्छ : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताएका छन् ।प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने विषयमा बहस केन्द्रित भईरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका न्यायाधीशहरु सबैले सामूहिक रुपमा राजीनामा दिन उपयुक्त […]

परमादेश जारी गर्ने पाँचै न्यायाधीशले राजीनामा गरे हुन्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा गर्दा उपयुक्त हुने टिप्पणी गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरूले गरेको अवज्ञालाई तमासाको संज्ञा दिए ।  नेकपा एमालेको पालिका अधिवेशन उद्‍घाटनलाई मंगलवार दिउँसो सम्बोधन गर्दै ओलीले परमादेश जारी गरेर देशलाई यो हालतमा पुर्‍याउने पाँचै जनाले राजीनामा गरे उपयुक्त हुने टिप्पणी गरेका हुन् । उनले तमासा नदेखा...

अदालतलाई विवाद र तमासाको थलो नबनाऔँ : एमाले अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकले न्यायका लागि भरोसा गर्ने ठाउँ अदालतलाई विवाद र तमासाको थलो नबनाउन आग्रह गर्नुभएको छ । साथै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश जारी गर्ने न्यायाधीशलाई राजीनामा गर्न सुझाव दिनुभएको छ ।  आज मङ्गलवार एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै उहाँले प्रधानन्यायाधीश एक्लै नभएर परमादेश गर्ने पाँचै जनाले राजीनामा गर्नु उपयुक्त होइन र ? भनेर प्रश्न गर्नुभएको छ । अदालतलाई मर्यादित र निर्विवाद बनाउनुपर्नेमा उहाँ...