महाधिवेशनको वातावरण बनेको निष्कर्ष : सिंगो पार्टी पङ्क्तिलाई एकजुट हुन पौडेल पक्षको आह्वान

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ ।  शनिबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी  केन्द्रित भएर लाग्ने निर्णय गरेको छ । महाधिवेशनमा एकजुट भएर लाग्नका लागि सिंगो पार्टी पङ्क्तिलाई एक औपचारिक कार्यक्रम गरी आह्वान गर्ने निर्णय पनि गरिएको नेता सिंहले जानकारी दिए । पार्टी सभ