अरूको भारी बोकेर जीवन गुजारिरहेका कार्की साइलाको आप्mनै जीवनमा भने खुसीको भारी कहिले थपिन्छ ? यही प्रश्नस“गै रिलिजको तयारीमा रहेको फिल्म कार्की साइ“लाको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी असोज २ अल नेपाल रिलिजमा आउने फिल्मको ट्रेलर मुभिज डिजिटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। ट्रेलरमा जितु नेपालले निर्वाह गरेको कार्की साइ“लाको जीवन, प्रेम र पारिवारिक यात्रालाई […]
राँझा (बाँके), २६ भदौ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेनजी सहिदको सम्मान र सम्झनामा नेपालगन्ज उपमहानगरपालिकाले भौतिक तथा सामाजिककार्य अगाडि बढाएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीको एउटै टोल निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको गत वर्ष भदौ २३ गते राजधानीमा भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर ज्यान गएको थियो […]
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत […]
काठमाडौं । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन । काठमाडौंको गोकर्णेश्वरस्थित महादेव मन्दिरमा बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ । भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध गरे २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास छ । यसै दिन वर्षभरि धार्मिक कार्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशे औँसी भनिन्छ । धार्मिक […]
पुँजीबजार बिहानी अपडेटमा आज हामीले विभिन्न गतिविधिहरु समेटेका छौं । बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । युनाइटेड इदी मर्दी एण्ड आर.बी. हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा छ । होटल सारथीले प्रिमियममा आईपीओ निष्कासन गर्ने तथा बुद्ध रिजेन्सीले १५ लाख कित्ता […]
भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र कृत्रिम बौद्धिकता (एआई) लगायत नयाँ प्रविधिलाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव प्राप्त भएका छन्। पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को परिमार्जनका लागि सातै प्रदेशमा आयोजना गरेको कार्यशालामा सहभागी सरोकारवालाले वर्तमान पाठ्यक्रमलाई समयसापेक्ष, व्यवहारिक, जीवनोपयोगी तथा […]