काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा रहेको झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ।झापा–५ मा मध्यान्ह १२ बजेदेखि मत गन्न थालिएको होर झापा ५ मा ओलीलाई नेपाली कांग्रेसका डाक्टर खगेन्द्र पाण्डव अधिकारीले चुनौती दिइरहेका छन्। उता झापा क्षेत्र नं ४ को पनि मतगणना सुरु भएको छ।