सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो चरणका खेल सम्पन्न भएका छन् । तेस्रो चरणका खेल तालिका पनि सार्वजनिक भइसकेको छ । दोस्रो चरणको खेल सकिँदा सम्म पोखरेली टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबले स्पष्ट जित निकाल्दा हेभी वेटको खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।