जिल्ला अस्पताल परिसरमा निर्माण भइरहेको अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको रु एक करोड ५० लाखको सहयोगमा निर्माणाधीन सो प्लान्ट केही दिनमै सञ्चालनमा आउने जनाइएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.कपिल गौतमले प्लान्टको ‘वुस्टर मेसिन’ आउन ढिलाइ भएकाले निर्माण सम्पन्न हुन समय लागेको जानकारी दिए । उनले भने, “अहिले सामान आइपुगेको छ । प्राविधिकले जडान सम्पन्न गरेपछि सञ्चालनमा आउने छ ।” उनका अनुसार प्लान्टले दिनमा ७० सिलिन्डर भर्ने क्षमता