सभापतिमा देउवाले दर्ता गराए उम्मेदवारी

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी सभापतिमा दोहोरिनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्यानलसहित राष्ट्रिय सभागृह पुगेर देउवाले शुक्रवार अपराह्न उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँण छन् । महामन्त्रीको आकांक्षी रहेका खाँण देउवालाई जिताउनका लागि भन्दै पछाडि हटेका छन् ।   देउवा प्यानलबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजय गच्छदार उम्मेदवार बनेका छन् । यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ ।&nbs...

सम्बन्धित सामग्री

महाराजगञ्ज क्याम्पसमा नेविसंघबाट सभापतिमा अविशिखाको उम्मेदवारी

२७ फागुन, काठमाडौं । महाराजगञ्ज चिकित्सा क्याम्पसमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा  छात्राको उम्मेदवारी परेको छ । नेविसंघको तर्फबाट अविशिखा न्यौपानेले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी दिएकी छन् । नेविसंघबाट सचिवमा पारस खड्का र कोषाध्यक्षमा सुमन वलीले उम्मेदवारी दिएका छन् । महाराजगञ्ज क्याम्पसमा नेविसंघ र माओवादीको अखिल क्रान्तिकारीबीच तालमेल भएको छ ।

कांग्रेस सभापतिमा देउवाले दिए उम्मेदवारी

नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन्। उनको प्यानलबाट उपसभापतिमा  पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन्। यस्तै महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतको उम्मेदवारी दर्ता भएको छ।  त्यस्तै,...

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको पनि उम्मेदवारी दर्ता

काठमाण्डाै – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिनुभएको छ । हिजोसम्म उहाँले रामचन्द्र पौडेल पक्षबाट सभापतिमा कुनै एकजनाको नाममा सहमति जुटेमा आफूले उम्मेदवारी नदिने बताउनुभएको थियो । पौडेल पक्षमा सहमति नजुटेपछि निधिले आज सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । राष्ट्रिय सभागृह पुगेर उहाँले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले आफ्नो प्यानल भने बनाउनुभएको छैन । यसअघि शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहले प्यानलसहित उम्मेदवारी दर्...

सभापतिमा निधिको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिएका छन्। शनिबार राष्ट्रिय सभागृह पुगेर निधिले सभापतिमा उम्मेदवारी दर्ता गराए। उनले आफ्नो प्यानल भने बनाएका छैनन्।   ...

विमलेन्द्र निधिद्वारा सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभागृहमा यतिबेला उम्मेदवारी दर्ताको प्रकृया चलिरहेको छ। उक्त क्षेत्रमा कांग्रेसका नेता कार्यकर्ताको भीड लागेको छ। साँझ  ५ः०० बजेसम्मका  लागि उम्मेदवारी मनोनयनको समय तोकिएको छ। अहिलेसम्म कल्याण गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन्। शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी […]

प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार सभापतिमा उम्मेदवारी घोषणा गरेपछि उनी आफ्ना समर्थकसहित उम्मेदवारी दर्ता गराउन भृकुटीमण्डपतर्फ गएका छन् । संस्थापनइतर पक्षको साझा उम्मेदवार आफूलाई बनाउनुपर्ने अडान राखेका उनले साझा उम्मेदवारमा सहमति नजुटेपछि आफ्ना समर्थनको सहयोगमा उम्मेदवारी दर्ता गराउन लागेका हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा […]

अवधारणापत्र सार्वजनिक गर्दै सभापतिमा सिंहको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। आज काठमाडौंमा आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्। शेरबहादुर देउवाको नेतृत्वमा पार्टीभित्रको लोकतन्त्र कमजोर...

काँग्रेस सभापतिमा गुरुङले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । भृकुटिमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् । गुरुङ केन्द्रीय सदस्य हुन् ।

काँग्रेस सङ्खुवासभाका सभापतिमा खड्काको उम्मेदवारी घोषणा

नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४ औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् । सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा काँग्रेसको सङ्गठन मजबुद बनाउन पार्टी सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेको जानकारी दिए ।काँग्रेस सङ्खुवासभाका पूर्व पार्टी सभापति जनक थापाले काँग्रेस सङ्खुवासभाको सङ्गठनलाई सबल र सक्षम बनाउन खड्काको उम्मेदवारी स्वभाविक भएको बताए । पूर्वसांसद पासाङ शेर्पाले सङ्खुवासभामा

काँग्रेस सभापतिमा उम्मेदवारी दिने कल्याणको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । काँग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले आफ्ना एजेण्डाहरु पनि अघि सारेका छन् ।