एकल महिला र एकल पुरुषलाई भत्ता दिन बजेट विनियोजन

चितवनको इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेको छ । गाउँपालिका प्रमुख गीताकुमारी गुरुङका अनुसार पालिकामा ४५ वर्ष उमेर नाघेर ७० वर्ष नपुगेका अविवाहित महिला तथा ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषको लगत संकलनको काम शुरू गरेको छ । वडा कार्यालयबाट नामावली संकलन शुरू गरिएको हो । यसका लागि गाउँपालिकाले निर्माण गरेको कार्यविधि अनुसारको सामाजिक सुरक्षा भत्ता पाउन योग्यको सूची बुझाउन सम्बन्धि...

सम्बन्धित सामग्री

एकल पुरुष र मध्यम अपागंता भएकालाई भत्ता दिइने

लमजुङ– लमजुङको बेँसीसहर नगरपालिकाले नगरपालिका भित्रका मध्यम अपागंता र एकल पुरुषहरूलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७९-०८० को माघबाट लागू हुने गरी मध्यम अपागंता भई पहेलो कार्ड लिएका र ६० वर्षमाथिका एकल पुरुषलाई कार्यविधि बनाएर भत्ता वितरण गर्न लागेको हो । एकल महिला, ६८ वर्षमाथिका ज्येष्ठ नागरिक र ‘क’ र ‘ख’ […]

एकल पुरुष र तेस्रो लिङ्गीलाई सामाजिक सुरक्षा भत्ता दिन माग

पोखरा । सरकारले विभिन्न ७ शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ । ज्येष्ठ नागरिक, दलित, एकल महिला, विधवा, अपाङ्ग, लोपोन्मुख आदिवासी जनजाती र बालबालिकालाई सरकारले विभिन्न दरमा मासिक सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गर्छ । तर, एकल पुरुष र तेस्रोलिङ्गीले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् । यद्यपि विभिन्न स्थानीय तहले कार्यविधि बनाएर एकल...

नारायण नगरले एकल पुरुषलाई भत्ता दिने

दैलेख : दैलेखको नारायण नगरपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ। शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख लोमन शर्माले एकल पुरुष र महिलालाई आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिइने बताए।आगामी आर्थीक वर्षदेखि एकल महिला पुरुषलाई मासिक भत्ता दिने कार्यक्रम लागु हुने छ। सङ्घीय सरकारले निश्चित उमेर तोकेर सामाजिक सुरक्षा भत्ता दिने गरेको र एकल पुरुष र महिलालाई पनि नारायण नगरले आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिने नगर प्रमुख शर्माले बताए। आगामी आर्थिक वर्षका लागि नीति तथा कार

एकल पुरुषको प्रश्नः हामी केटा मान्छे भएर जन्मिनु अपराध हो सरकार ?

सरकारले जनतामाथि नै भेदभाव गरेको छ । पछिल्लो समय हरेक क्षेत्रमा पुरुषमाथि भेदभाव भइरहेको पाइन्छ । बिहे दर्ता भएलगत्तै श्रीमान मर्नेबित्तिकै श्रीमतीले एकल महिला भत्ता पाउँछिन् । तर, श्रीमती मरेका पुरुषले एकल पुरुष भत्ता पाउँदैनन् । श्रीमती मरे पनि बालबच्चा त हुन्छ नै । अर्की श्रीमती ल्यायो भने आफ्नो छोराछोरीमाथि भेदभाव हुन्छ भनेर दोस्रो बिहे […]

विधुर र एकल महिलालाई मासिक भत्ता

दुई स्थानीय तहले एकल महिला तथा विधुर (एकल पुरुष)लाई समाजिक सुरक्षा भत्ता वितरण थालेका छन् ।

बैतडीमा एकल पुरुषको भत्ता वृद्धि

बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ ।  जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच सय रहेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताए । नगरपालिकाले गएको तीन वर्ष यता ५० भन्दा माथि र ६० वर्ष भन्दा मुनिका विदुरलाई सो भत्ता दिँदै आएको छ । उनले भने,“एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छन्, त्यसैले उनीहरुको जीवनयापन सहज होस भनेर भत्ता दिएका  हौं ।

मेलौली नगरपालिकाका एकल पुरुषलाई मासिक दुई हजार भत्ता

बैतडी : मेलौली नगरपालिकाले एकल पुरुषलाई दिँदै आएको भत्तामा ५०० रुपैयाँ बढाएको छ। नगरपालिकाले यसअघि प्रतिमहिना एक हजार ५०० रुपैयाँ दिँदै आएको थियो। अब आगामी आर्थिक वर्षदेखि दुई हजार रुपैयाँ दिने निर्णय भएको उपप्रमुख राधा ओझाले जानकारी दिइन्। नगरपालिकाले तीन वर्षअघि ५० वर्षदेखि ६० वर्षसम्मका विधुर लाई भत्ता दिँदै आएको छ। शुरुमा मासिक एक हजार भत्ता दिँदै आएकोमा गत वर्ष १ हजार ५०० रुपैयाँ पु¥याइएको थियो। ‘एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छ,’ उपप्रमुख ओझाले भन

एकल पुरुषलाई पनि भत्ता

बैतडी : बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ। नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० बर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक एक हजारका दरले भत्ता दिने निर्णय गरेको उप–मेयर राधा ओझाले बताइन्।  एकल महिला जस्तै एकल पुरुष पनि समस्य...