प्रदेशसभा सांसद चौलागाईंलाई कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौं : कोरोना संक्रमित बागमती प्रदेश सभा सांसद् पशुपति चौलागाईं अस्पताल भर्ना भएका छन्।कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा बसेका एमाले नेता तथा प्रदेश सभा सांसद चौलागाईंलाई मनमोहन अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाको छ। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार पीसिआर टेस्ट गरेका सांसद चौलागाईंलाई मंगलबार कोरोना पुष्टि भएको थियो। अहिले उनको अवस्था सामान्य रहेको छ। नेता चौलागाईं  दाेलखा 'ख' बाट प्रदेशसभा सांसद बनेका थिए। 

सम्बन्धित सामग्री

गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही कोरोना संक्रमण मुक्त

गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही कोरोना संक्रमण मुक्त भएका छन् । उनी वैशाख १५ गते संसद चलिरहेको अवस्थामा एकाएक बेपत्ता भएको भन्दै संसद नै स्थगित भएपछि साँझ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको खुलेको थियो ।सांसद शाहीको नवौँ दिनमा गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।  कोरोना संक्रमण भएपछि सांसद शाही चार रात पोखरास्थित चरक मेमोरियल अस्पतालको कोभिड वार्डमा बसेका थिए । चार दिन अस्पतामा बिताएपछि १९ गतेदेखि होटलको क्वारेन्टिनमा बसेका उनीको शुक्रबार दिएको स्वाब परि