नेपाल बैंकद्वारा विद्यालय भवन हस्तान्तरण

नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारामा विद्यालय भवन बनाउन सहयोग गरेको छ । बैंकको सहयोगमा परवानीपुर गाउँपालिका–४ स्थित चैनपुरमा निर्माण भएको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय भवन हस्तान्तरण भएको हो । उक्त भवन नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी हस्तान्तरण गरे । […]