नयाँ सरकार गठनमा साथ दिन महतोलाई देउवाको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेता राजेन्द्र महतोलाई नयाँ सरकार गठनमा साथ दिन आग्रह गरेका छन्। बुढानीलकण्ठस्थित देउवा निवासमा छलफलका लागि पुगेका महतोलाई नयाँ सरकार बनाउन र त्यसमा साथ दिन भनेको एक नेताले बताएका छन् ।