२२ वर्षदेखि बन्द कञ्चनपुरको मझगाउँ विमानस्थलको शिलान्यास

धनगढी – लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भौतिक संरचना निर्माणका लागि बुधबार शिलान्यास गरेका हुन्। शिलान्यास भएसँगै २२ वर्षदेखि बन्द कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माण गरिने भएको छ। विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको […]