मदन भण्डारी चुरे राजमार्गका खोलाहरूमा पुल निर्माण थालिँदै

झापाको बेलडाँगीबाट इलाम चुलाचुली जोड्ने रतुवा खोला, इलाम चुलाचुलीको बुकुवा र विधुवा खोलामा पुल निर्माणको ठेक्का सम्झौता भइ निर्माणको काम सुरु भएको छ ।

सम्बन्धित सामग्री

गुल्मीमा मदन भण्डारी राजमार्गका चार पुल अझै बनेनन्

मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–सिमलटारी खण्डमा चारवटा पक्की पुल निर्माण भइरहेका छन्।

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण

मदन भण्डारी राजमार्गअन्तर्गत  झापा–सुनसरी खण्डमा पर्ने ३७  पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ । उनले निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेको जानकारी दिए ।

मदन भण्डारी राजमार्गमा एक सय आठ पुल निर्माण

पूर्व-पश्चिम जोड्ने देशको चौथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत एक सय आठ पुल निर्माण गरिएको छ ।

मदन भण्डारी राजमार्गमा पुल निर्माण सम्पन्न

राष्ट्रिय गौरवको निर्माणाधीन मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिकासम्मका अधिकांश पुल निर्माण सम्पन्न भएका छन् । उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिका–६, चौघडासम्म २५० किलोमिटर लामो उक्त राजमार्गमा पर्ने ९६ वटा पक्की पुलमध्ये ९४ वटा पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

समयमै पुल नबन्दा बर्खामा विपद्को जोखिम

विकास निर्माणका काम समयमै सम्पन्न नहुँदा बर्खामा प्रत्येक वर्ष सास्ती हुँदै आएको छ । विशेषगरी यातायातको सुविधाका लागि सडकको विस्तार र खोलामा पक्की पुल निर्माण गर्न ढिलासुस्ती हुनाले समग्र विकास निर्माण पछाडि धकेलिएको हुन्छ । यसको ज्वलन्त उदाहरण मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडकखण्डका पाँच पक्की पुल निर्माणको काम हो । जसअन्तर्गत झर्ना खोलामा पुल बने […]

मदन भण्डारी राजमार्गमा पुल निर्माण

काठमाडौं । मुलुकमा पूर्वदेखि पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गमा ९७ वटा पुलको निर्माण सम्पन्न भएको छ । एक सय ८५ वटा पुल निर्माण गर्ने योजना रहेकोमा लगभग आधा पुल निर्माण सम्पन्न भएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । यस आयोजनामा अधिकांश लामा ठूला पुल सम्पन्न भइसकेको र अब ८८ […]

१० वर्षसम्म तयार नभएको पुलमा मुख्यमन्त्रीको चासो

मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुली र मकवानपुर जोड्ने गरी बागमती नदीको पुल १० वर्षसम्म नबनेपछि मुख्यमन्त्री राजेन्द्र पाण्डेले चासो देखाएका छन् ।

पुल निर्माण नहुँदा यातायात ठप्प

उदयपुर, असोज १३ । पूर्व पश्चिम मदन भण्डारी लोकमार्ग निर्माण भएपनि पुल र एप्रोच सडक निर्माण नहुँदा सार्वजनिक यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सरकारको उच्च प्राथमिकतामा परेको यो राजमार्ग मध्यपहाडी लोकमार्ग र चुरे आसपासका क्षेत्रमा रहेका १४ वटा जिल्लाको विकासको ढोका खोल्ने बताइएको छ । पहिलो चरणमा निर्माण भएको चौदण्डी गढी नगरपालिका विरेन्द्र […]

मदन भण्डारी राजमार्ग अन्तर्गत बाग्मती नदीको पुल निर्माण अन्तिम चरणमा

जेठ २४, मकवानपुर । मदन भण्डारी राजमार्गको निर्माणाधीन धरान चतरा सिन्धुली हेटौँडा सडकको मकवानपुर जिल्लाको बाग्मती गाउँपालिका—४ र सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिका—३ को सिमानामा पर्ने बाग्मती नदीमा निर्माणाधीन पुलको करीब ८० प्रतिशत काम सम्पन्न भएको छ ।  मदन भण्डारी राजमार्गका इन्जिनीयर बीरेन्द्रप्रसाद महतोले दिएको जानकारी अनुसार १२ ओटा पिलर भएको ७१३ मिटर लम्बाइको बाग्मती पुलको लागत भ्याटबाहेक रू. २३ करोड ५३ लाखमा २०६८ असार महीनामा स्वच्छन्द निर्माण सेवाले निर्माण शुरु गरेकोमा २०७३ असारमा सम्पन्न गर्ने अवधिमा सम्पन्न नभएपछि पटकपटक गरी पाँचपटक म्याद थप गरेकामा हाल पुलको काम ८० प्रतिशत सकिएको छ ।  सो पुल निर्माण गर्ने ठेकेदारका प्रतिनिधि सन्तोष सापकोटाले विविध कारणहरु डिजायन थप गर्ने, नाकाबन्दी, भूकम्प, लकडाउन तथा प्राविधिक समस्याको कारण निर्माणमा ढिलाइ भएकामा अब द्रुत गतिमा काम भइरहेको र चार महीनामा सम्पन्न हुने गरी काम गरिरहेको बताए ।  स्थानीय बासिन्दा शंकरकुमार पराजुलीका अनुसार विगतमा बाग्मती नदीमा पुल नहुँदा तर्न ट्युबको सहायताले जोखिमपूर्वक नदी तर्नुपर्ने बाध्यता थियो ।  अब पुल बनेपछि सिन्धुली जिल्लाका जनतालाई आफ्ना कृषि उत्पादन विक्री गर्न, उच्च शिक्षा हासिल गर्न, उपचार गर्न हेटौँडा जान सजिलो हुने र यस क्षेत्रको विकासको ढोका खुल्ने बताए । रासस